काठमाण्डौ । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद सेयरको बिक्री आवेदन खुला गरेको छ। कम्पनीले हाल कायम चुक्तापूँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार रुपैयाँबराबरको १०ः३।४७८ अनुपातमा रु.१०० अंकित दरका ६५ लाख ७६ हजार ९६७ कित्ता हकप्रद निष्कासन गरेको हो ।
लगानीकर्ताले एनआइएमबी एस क्यपिटलको लाजिम्पाट कार्यालय तथा पोखरा,विरगञ्ज, बुटवल र विराटनगर शाखा कार्यालय र नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकेका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन्। यस्तै सीडीएससीको मेरो सेयरबाट पनि अनलाइन आवेदन सकिनेछ।
यो हकप्रदमा आवेदन दिने अन्तिम मिति साउन २६ गते रहेको छ । कम्पनीको हकप्रद निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा एनआईएमबी एस क्यापिटल रहेको छ।
हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत जेठ ३० गते बुक क्लोज गरेको थियो। यसर्थ जेठ २९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम सेयरधनीहरुले मात्रै यो हकप्रद खरिदका लागि आवेदन दिन सक्नेछन्।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ ७ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो । यसअघि कम्पनीले १०ः४ अनुपातमा हकप्रद सेयर जारी गर्ने जनाएको थियो । तर नेपाल धितोपत्र बोर्डको निर्देशनपश्चात हकप्रद सेयरको अनुपात घटाएको हो ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                