सोमबार, असार २,२०८२ 02:07:05
  • सोमबार, असार २,२०८२ 02:07:05
Global IME Bank Limited

'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले

Hyundai Nepal
'नयाँ सरकार गठनपछि सेयर बजारमा नयाँ वृद्धि, निजी क्षेत्र उत्साहित': एमाले
Nabil Bank Limited

काठमाण्डौ । सत्ता गठबन्धनको नेतृत्व गरिरहेको नेकपा एमालेको सचिवालय बैठकले नयाँ सरकार गठनलगत्तै सेयर बजारमा नयाँ वृद्धि भएको र निजी क्षेत्र सकारात्मक तथा उत्साहित देखिएको निश्कर्ष निकालेको छ।  

एमालेको केन्द्रीय सचिवालयको ३५ औ बैठकले एमाले र नेपाली कांग्रेसको सहकार्यमा  पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा गठन भएको वर्तमान सरकारको कामको समीक्षा गर्दै सकारात्मक रहेको निश्कर्ष निकालेको हो । 

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

‘बैठकले वर्तमान सरकार गठनयता व्यावसायिक क्षेत्र र निजीक्षेत्र सरकारप्रति सकारात्मक र उत्साहित देखिएको, शेयरबजारमा नयाँ बृद्धि र लगानीमा निजी क्षेत्र आशावादी भएको ठहर गरेको छ । यसबाट सरकारप्रति जनतामा आशा र भरोसा पैदा भएको निष्कर्ष निकालेको छ । बैठकपछि केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जारी गरेको विज्ञप्तिमा भनिएको छ-'अध्यक्ष ओली नेतृत्वको वर्तमान सरकारले लामो समयदेखि अल्झिएर रहेको शान्ति प्रक्रियालाई टुङ्गोमा पुर्याउन सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक संसदबाट सर्वसम्मत पारित गराई ऐन बनाउने काममा सफलता प्राप्त गरेको र यो शान्ति प्रक्रिया टुङ्याउने सन्दर्भमा अन्तिम कोशेढुङ्गा भएको निष्कर्ष निकालेको छ ।'  

बैठकमा पार्टीको वार्षिक कार्ययोजना प्रस्तुत भएको बताइएको छ । उक्त कार्ययोजना पोलिटब्यूरो बैठकबाट पारित गरिनेछ । 

कार्ययोजनामा सदस्यता नवीकरण र अभिलेखीकरणलाई अझ व्यवस्थित गर्ने, बाँकी जिल्ला अधिवेशन र पालिका अधिवेशन समयमै व्यवस्थितरूपमा सम्पन्न गर्ने, कार्यकर्तालाई नियमित प्रशिक्षणका लागि केन्द्रका अतिरिक्त सातै प्रदेशमा पार्टी स्कुलका स्थायी संरचना खडा गर्ने, पार्टी प्रवेश गर्नु भएकाहरूलाई तीनमहिनाभित्र कमिटीमा जिम्मेवारी दिनेलगायत रहेका छन् ।  

त्यस्तै, पार्टीको हिरक वर्षका लागि तय भएका र बाँकी रहेका कामहरू पार्टीको इतिहास लेखन, ‘शेल्टर’ पुस्तक प्रकाशन र अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्ने लगायत महत्वपूर्ण कार्यहरू कार्ययोजनामा समेटिएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.