मंगलवार, आश्विन १३,२०८३ 06:29:31
Bizshala
  • मंगलवार, आश्विन १३,२०८३ 06:29:31
Bizshala
Global IME Bank Limited

अभिकर्तालाई नेपाल लाइफको मोटिभेसनल तालिम तथा सम्मान कार्यक्रम सम्पन्न

Bizshala
अभिकर्तालाई नेपाल लाइफको मोटिभेसनल तालिम तथा सम्मान कार्यक्रम सम्पन्न
New Office

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपालको सात वटै प्रदेशमा मोटिभेसनल तालिम तथा नेपाल लाइफ तारा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । 

अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माद्वारा कोशी प्रदेशको इटहरी, मधेस प्रदेशको लालगढ, बागमती प्रदेशको काठमाण्डौ र नारायणघाट, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा आयोजित उक्त कार्यक्रममा करिब ५ हजार भन्दा बढी एजेन्सी तथा एजेन्सी म्यानेजरहरूको उपस्थिति रहेको थियो ।

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

कार्यक्रमको शुभारम्भ कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले पानसमा दीप प्रज्वलन गरेर गरेका थिए । कार्यक्रममा नेशनल सेल्स हेड उमापति पोखरेल, एजेन्सी तथा पोलिसी सर्भिसिङ्ग प्रमुख सुनिता पोखरेल, प्रदेशका प्रादेशिक प्रमुखहरु, शाखा तथा उप–शाखाका प्रमुखहरू, पेशागत बीमा अभिकर्ता महासंघका महासचिव ओम केसी तथा पेशागत बीमा अभिकर्ता संघ नेपाल बीमक समिति नेपाल लाइफका अध्यक्ष गणेश अधिकारीको उपस्थिति रहेको थियो ।

असोज २०८० र वैशाख २०८१ को मासिक अभिकर्ता प्रोत्साहन योजना अन्तर्गत आयोजना गरिएको मोटिभेसनल तालिम कार्यक्रममा भारतको दिल्लीबाट आएका चिर परिचित अन्तर्राष्ट्रिय प्रशिक्षक अमित शर्माले जीवन बीमा बजारीकरणका लागि चाहिने आवश्यक सिपको बारेमा प्रकाश पारेका थिए ।  

Nabil Bank Limited
Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
IME remit
Mahalaxmi Development Bank
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.