काठमाण्डौ । आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालित २ वटा योजनाको बुक क्लोज मिति तय गरिएको छ ।
राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्डअन्तर्गत सञ्चालित आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङले यी २ वटै योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी भदौ ३१ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ भदौ ३० गतेसम्म कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
आरविवि म्युचुअल फण्ड १ का लागि ३.८१ प्रतिशत र आरविवि म्युचुअल फण्ड २ का लागि ८.९४ प्रतिशत नगद लाभांश (कर सहित) प्रदान गर्ने निर्णय गरिएको छ ।