काठमाण्डौ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले व्यतित बीमालेखमा लाग्ने विलम्ब शुल्क (ब्याज/जरीवाना)मा छुटको व्यवस्था गरेको छ ।
कम्पनीले साविकको प्राइम लाइफ,यूनियन लाइफ र गुराँस लाइफबाट विभिन्न मितिमा बीमा गराई व्यतित भएका बीमालेखहरु भदौ २४ गतेदेखि ३१ गतेसम्म पुनजार्गरण वा नविकरण गराउँदा १० देखि शतप्रतिशतसम्म ब्याज छुटको व्यवस्था गरेको हो ।
कम्पनीले ३ वर्षसम्मको बीमालेख नविकरण गर्दा शतप्रतिशत छुट,३ वर्षभन्दा माथि ५ वर्षसम्म ५० प्रतिशत, ५ देखि ७ वर्षसम्म २५ प्रतिशत र ७ वर्षदेखिमाथि १२ वर्षसम्मका लागि १० प्रतिशत ब्याज छुट प्रदान गरिने जनाएको छ । तर १२ वर्षभन्दा माथिको अवधिका लागि भने कुनै पनि छुट नदिइने कम्पनीले स्पष्ट पारेको छ ।
कम्पनीका अनुसार यस्तो छुट बीमा अवधिभर एकपटक मात्रै प्रदान गरिने छ ।
यो छुट योजनामा समावेश भई नविकरण भएका बीमालेखहरु नविकरण भएको २ वर्षभित्र समर्पण गर्न आएमा प्रदान गरेको ब्याज छूटको सम्पूर्ण रकम कट्टा गरिने कम्पनीले जनाएको छ ।