बिहीबार, श्रावण २१,२०८३ 02:35:38
Bizshala
  • बिहीबार, श्रावण २१,२०८३ 02:35:38
Bizshala
Global IME Bank Limited

पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी

पूर्वी नेपालमा पन्च ईभी प्रवेश,अब मधेश प्रदेशमा लञ्चको तयारी
New Office

काठमाण्डौ । टाटा मोटर्सको नेपालका लागि एकमात्र आधिकारीक बितरक सिप्रदी ट्रेडिङ्ग प्रालिले टाटा पन्च ईभीको रिजनल लन्चपूर्वबाट सुरु गरेको छ । बिर्तामोडस्थित अलास्का अटोमोवाइल र बिराटनगरस्थित गोयल अटोमा बहुप्रतीक्षित गाडी टाटा पन्च ईभीको लन्च गरिएको हो ।

साथै, सोहि कार्यक्रममा गाडी बुक गरेर बसेका ग्राहकहरुलाई गाडी हस्तान्तरण पनि गरिएको छ ।  सो कार्यक्रममा सिप्रदी ट्रेडिङका तर्फबाट प्यासेन्जर भेहिकलका बिजनेस युनिटका प्रमुख सावन्तजंग सिजापतीको साथै उद्योग बाणिज्य संघका सदस्यहरुको सहभागिता रहेको थियो ।  

पूर्वको बाटो र माटोलाई सुहाउँदो गाडी भएकोले धेरै ग्राहकहरु पन्च ईभीको प्रतीक्षा गरिरहेको र लन्च कार्यक्रममा ग्राहकलाई गाडी हस्तान्तरण गर्न पाउँदा आफूहरु उत्साहित भएको अलास्का अटोमोवाइलका प्रोपाइटर प्रकाश सिवाकोटीले बताए ।  

साथै, गत चैत्रमा भएको आईपीएलको समयबाटै गोयल अटो बिराटनगरमा पन्च ईभीको सोधपुछ बढेको र अन्ततः गाडी बिराटनगरमा डेलिभरि गर्न पाउँदा गर्व महसुस भएको स्नेह गोयलले बताए ।    

पूर्वको लन्च सकेर अब टाटा पन्चइभीको रिजनल लन्च मधेश प्रदेशमा हुन लागेको छ ।    

टाटा पन्च ईभीको शुरुवाति मूल्य रु. ३३ लाख ९९ हजारमा सार्वजनिक गरिएको हो । पन्च ईभी ३३.९९ को भेरिएन्टमा यो भन्दा दुइ  सेगमेन्ट माथिको विशेषताहरु भ्वाइस एसिस्टेड सनरुफको साथै, ३६० डिग्री क्यामेरा, लेदररेटेड भेन्टिलेटेड सिट, ६ वटा एयरब्याग, वायरलेस चार्जर र वायरलेस एन्ड्रोइड अटो÷ एप्पल कार प्लेको आनन्द लिन सकिन्छ । पन्च ईभीको ग्राउन्ड क्लियरेन्स १९० मिमि रहेको छ ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.