काठमाण्डौ । दियालो टेक्नोलोजिज प्रालि र जापानको सीटीआइ इन्जिनियरिङ कम्पनी लिमिटेडबीच प्राविधिक सहकार्य गर्ने सम्झौता भएको छ ।
सम्झौतासँगै दुबै कम्पनीबीच खानेपानी क्षेत्रको अटोमेसन, खानेपानी समितिहरुको क्षमता विकासको लागि सहकार्य हुनेछ । सम्झौतापत्रमा दियालो टेक्नोलोजिजको तर्फबाट प्रमुख सञ्चालन अधिकृत सरस्वती पोखरेल र सिटिआइ कम्पनीका तर्फबाट प्रोजेक्ट म्यानेजर यासुको कामेगाइले हस्ताक्षर गरेका छन् ।
यस सहकार्यले स्मार्ट मिटारिंग सहितको प्रबिधि प्रयोगले पानीको उत्पादन र वितरण प्रणालीको अटोमेसन र डिजिटलाइजेसनमा ठुलो फड्को मार्ने लक्ष्य राखिएको छ ।
साथै यस साझेदारीले सबैको लागि सुरक्षित पानीको पहुँच, खानेपानीको क्षेत्रमा रहेक ाचुनौती समाधान गर्न प्रविधको प्रयोग, प्रविधि निर्माणमा सहकार्य लगायतका कामहरु गरिने जनाइएको छ ।
दियालो टेक्नोलोजिज खानेपानी क्षेत्रमा प्रविधिको प्रयोग गरि सहजता प्रदान गर्ने कम्पनी हो । हाल देशभर ८ सय भन्दा बढि संस्थाहरुमा दियालोले विकास गरेको सफ्टवेयरको प्रयोग भइरहेको छ ।
सीटीआइ इन्जिनियरिङ इन्टरनेशनल कम्पनी लिमिटेड जापानको अग्रणी कम्पनी हा । जसले पूर्वाधार र दिगो शहरी तथाखानेपानीको क्षेत्रमाप्रविधिको प्रयोग मार्फत सहयोग पुर्याउँदै आएको छ ।