Bizshala
  • शुक्रबार, पुष २५,२०८२ 09:48:19
Bizshala
Global IME Bank Limited

लघुबीमा कम्पनीको फेबरमा काम गर्दै प्राधिकरण, म्यादी बीमाको हिस्सामा समानता

Hyundai Nepal
लघुबीमा कम्पनीको फेबरमा काम गर्दै प्राधिकरण, म्यादी बीमाको हिस्सामा समानता
Shivam Cement

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले २०८४ सालसम्मको लागि लघुबीमा कम्पनीलाई समेत समेटेर वैदेशिक रोजगार म्यादी बीमाको हिस्सा बाँडफाँड गरिदिएको छ ।  

प्राधिकरणले म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी, व्यवस्थित र प्रभावकारी बनाउन सामूहिक बीमा कोष स्थापना गरी सामूहिक पूल मार्फत वैदेशिक रोजगार म्यादी जीवन बीमालेख गारी गर्न र दाबी भुक्तानी गर्न आवश्यक रहेको बताउँदै बीमा कोष ९पुल०स्थापना तथा सञ्चालन गरेको छ ।  

जसमा प्राधिकरणले विदेशी कम्पनी (मेट र एलआइसी)बाहेक सबै जीवन बीमक र लघुबीमा कम्पनीलाई समेत म्यादी बीमाको हिस्सा बाँडफाँड गरेको छ । प्राधिकरणले आव २०८१/८२ को साउन महिनादेखि नै लागू हुनेगरी आव २०८३/८४ को साउनसम्मका लागि वैदेशिक रोजजार म्यादी जीवन बीमा व्यवसायको हिस्सा बाँडफाँड गरिदिएको छ ।  

CG Motors
Bizshala
Garima Development Bank

यसअघि केही १० वटा जीवन बीमा कम्पनीले मात्रै बिक्री गर्दै आइरहेको वैदेशिक रोजगार म्यादी बीमालेख अब लघुबीमा कम्पनीहरुले पनि उक्त व्यवसायको हिस्सा पाउने भएका छन् ।  

यसअघि वैदेशिक रोजगार म्यादी जीवन बीमामा पुल व्यवस्थापक को बन्ने र प्रिमियम रकमलाई कसरी हिस्सा लगाउने भन्ने विषयमा बीमकहरुबीच नै सहमति जुटेको थिएन । प्राधिकरणले वैदेशिक म्यादी जीवन बीमा व्यवसायलाई पारदर्शी र व्यवस्थित बनाउने भन्दै पुलको स्थापना गर्दै सबैलाई उक्त व्यवसायको हिस्सा बाँडफाँड गरिदिएको जनाएको छ ।  

हाल तीनवटा लघु जीवन बीमा कम्पनी सञ्चालनमा छन् । गार्डियन माइक्रो लाइफ, क्रेष्ट माइक्रो लाइफ र लिवर्टी माइक्रो लाइफ । नेपाल बीमा प्राधिकरणका अध्यक्ष सुर्यप्रसाद सिलवालले गत आर्थिक वर्षमा बीमाको दायरा बढाउन र सबै क्षेत्रमा बीमाको पहुँच पुर्याउने उद्देश्य राखेर लघुबीमाको लाइसेन्स वितरण गरेको बताउँदै आएका छन् ।  

आफुले नै लघुबीमाको लाइसेन्स बाँडेपछि अध्यक्ष सिलवाल लघुबीमा कम्पनीको पक्षमा काम गर्दै आइरहेका छन् ।  प्राधिकरणले केही समयअघि मात्रै आफ्नो वेबसाइटमार्फत सार्वजनिक गरेको वैदेशिक रोजगार म्यादी जीवन बीमा सामूहिक बीमा कोष (पुल) स्थापना तथा सञ्चालन सम्बन्धी निर्देशन, २०८१ मा पनि लघुबीमा कम्पनीको फेबरमा उनी निर्देशन तयार पारेका छन् ।  

जसमा वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसायको हिस्सा लघुबीमा कम्पनीलाई समेत दिइएको छ ।  

प्राधिकरणको वैदेशिक रोजगार म्यादी जीवन बीमा व्यवसाय बाँडफाँड अनुपात अनुसार चालु आवका लागि समान रुपमा ६९ प्रतिशतका दरले हिस्सा बाँडफाँड गरी बाँकी ३१ प्रतिशत भने केही कम्पनीलाई बाँडफाँड गरेको छ ।  

New Office
Laxmi Sunrise Bank Limited
IME remit

त्यस्तै, आव २०८२/८३ का लागि ८५.५० प्रतिशत समान रुपमा व्यवसाय बाँडफाँड गरी बाँकी १४।५० प्रतिशत हिस्सा केही कम्पनीका लागि बाँडफाँड गरेको छ । साथै आव २०८३/८४ का लागि भने प्राधिकरणले ९९.९० प्रतिशत व्यवसाय समान रुपमा बाँडफाँड गरी जम्मा ०.१० प्रतिशत हिस्सा मात्रै केही कम्पनीलाई बाँडेको छ । यसरी प्राधिकरणले सबै कम्पनीलाई समान रुपमा बाँडेको वैदेशिक रोजगार म्यादी व्यवसाय क्रमशः बढाउँदै लगेको देखिन्छ ।  

लघुबीमा कम्पनीहरुले पनि वैदेशिक रोजगार म्यादी बीमा व्यवसाय ठूला बीमकसरह पाउने भएपछि अब लघुबीमा कम्पनीहरुको व्यवसाय बृद्धि हुने देखिएको छ । लुघबीमा कम्पनीको व्यवसाय बढाउनकै लागि बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी बीमा व्यवसाय समान रुपमा वितरण गर्ने नियम बनाएको छ ।

Bizshala
Muktinath Bikas Bank Limited
IME remit
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.