काठमाण्डौ । ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को बुक क्लोज मिति तय गरिएको छ ।
ग्लोबल आइएमई क्यापिटल लिमिटेड योजना व्यवस्थापकको रुपमा सञ्चालित ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को गत आव २०८०/८१ का लागि घोषित प्रतिफल वितरण प्रयोजनका लागि बुक क्लोजको मिति तय गरिएको हो।
योजना व्यवस्थापक ग्लोबल आइएमई क्यापिटलले यो योजनाका लागि घोषित प्रतिफल वितरण प्रयोजनार्थ आगामी असोज ११ गते १ दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको हो। यसर्थ असोज १० गतेभित्र कायम इकाइधनीहरु मात्र यी योजनालाई घोषित प्रतिफल पाउन योग्य हुनेछन्।
क्यापिटलले ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ का ईकाइधनीहरुलाई गत आवका लागि कर सहित ५ प्रतिशत का दरले हुन आउने रकम रु ५ करोड १२ लाख ८८ हजार १८०१ रुपैयाँबराबरको प्रतिफल वितरण गर्ने निर्णय गरेको छ ।