काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले विभिन्न ४ जना संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै ३८ हजार ९६५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
संस्थापक शेयरधनीहरुले आफ्नो संस्थापक सेयर बिक्री गर्न इच्छुक भई संस्था समक्ष निवेदन दिएकाले संस्थापक सेयर खरिद गर्ने पहिलो हक विद्यमान संस्थापकहरुमा रहने भएकोले उक्त सेयर विद्यमान संस्थापकहरुका लागि बिक्रीमा राखिएको संस्थाले जनाएको छ ।
सेयर खरिद गर्न ईच्छुक संस्थापक सेयरधनीहरुले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
खरिद गर्ने सेयर कित्ताको व्यहोरा खुलाई निवेदन दिन संस्थाले आग्रह गरेको छ । सो सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।
तोकिएको म्याद भित्र विद्यमान संस्थापकहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई विक्रि गर्ने सम्बन्धि आवश्यक कारबाही अघि बढ्ने सूचनामा उल्लेख छ ।