बुधबार, भाद्र २५,२०८२ 07:24:09
  • बुधबार, भाद्र २५,२०८२ 07:24:09
Global IME Bank Limited

अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने

Hyundai Nepal
अभिकर्ताहरुको लागि इन्सेन्टिभ वितरणमा कडाई, प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र अभिकर्ताहरुलाई बीमालेख जारी गर्दा थप कडाई गरेको छ । जीवन बीमा कम्पनीले अभिकर्तालाई प्रदान गर्ने इन्सेन्टिभ लयातका सुविधाको कट अफ डेट आवधिक वित्तीय विवरण पेश गर्ने मितिसँग मिल्न गएको हुनाले बीमालेख जारी विषयमा तीन व्यवस्था लागू गरेको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

प्राधिकरणले समयमै वित्तीय विवरण तयार गर्न र बीमा कारोबार डे इन्ड (दैनिक करोबार बन्द) गर्ने प्राधिकरणको निर्देशन लागू गर्न समेत कठिनाई भएको बताउँदै जीवनब बीमा कम्पनीहरुको बीमालेख जारी सम्बन्धमा विभिन्न व्यवस्था गरेको छ ।  

जसमा प्राधिकरणले प्रत्येक त्रैमासिक अवधिको अन्तिम दिन कुनै पनि बीमा प्रस्ताव स्वीकृत नगर्ने जनाएको छ । तर, उक्त दिनको अघिल्लो दिनसम्म स्वीकृत भएका प्रस्तावहरुको लागि बीमालेख जारी गर्न सकिने प्राधिकरणले जनाएको छ ।  

त्यस्तै, जीवन बीमा अभिकर्ताहरुको लागि बीमा गर्ने लक्ष्य तोक्दा, इन्सेन्टिभ प्रदान गर्दा वा स्किम जारी गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नेपर्ने गरी तोक्नुपर्ने प्राधिकरणले जनाएको छ । अब जीवन बीम कम्पनीहरुले अभिकर्ताहरुको लागि इन्सेन्टिभ प्रदान गर्दा प्रत्येक महिनाको २८ गतेभित्र पुरा गरिसक्नुपर्ने गरी नियम बनाउनुपर्नेछ ।  

यसका साथै २८ गतेपछि गरिने बीमालाई सोही महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश नगरी अर्को महिनाको लक्ष्य, इन्सेन्टिभ वा स्किममा समावेश गर्नुपर्ने प्राधिकरणका निर्देशक तथा प्रवक्ता सुशील देव सु्वेदीले बताए ।

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.