काठमाण्डौ । बोटसर्ल नेपाल लिमिटेडको सञ्चालक परिवर्तन भएको छ । कम्पनीको सञ्चालकमा गुञ्जन धवन र सालिनी रातवाट्टे नियुक्त भएकी छन् । कम्पनीको असोज २ गते बसेको सञ्चालक समितिको बैठकले उनीहरुलाई बोर्ड सञ्चालक नियुक्त गरेको हो ।
धवनलाई यस अघिका सञ्चालक मोहित विनोदकुमार बु्दबार र रातबाट्टेलाई सुनैना विजयकुमारको स्थानमा नियुक्त गरिएको कम्पनीले जनाएको छ । दुवै जना सञ्चालक भारतीय नागरिक हुन् । गुञ्जन कुमार सन् २०१६ देखि बोटलर्स नेपाल तराईको सञ्चालकमा कार्यरत छन् ।