काठमाण्डौ । बुटवल पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
जसअनुसार कम्पनीको खुद नाफा १७ करोड ८३ लाख रुपैयाँ रहेको छ । यो रकम गत आवको सोहि अवधिको तुलनामा २२.०३ प्रतिशतले कम हो ।
अघिल्लो आवको दोस्रो त्र्रमाससम्म कमपनीको खुद नाफा २२ करोड ८७ लाख रुपैयाँ थियो । कम्पनीको खुद आम्दानी पनि ५.६४ प्रतिशतले घटेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २३ करोड २५ लाख रुपैयाँ खुद आम्दानी गरेकोले चालु आवको समीक्षा अवधिसम्म भने २१ करोड ९३ लाख मात्रै खुद आम्दानी गरेको छ ।
कम्पनीको प्रशासनिक तथा अन्य सञ्चालन खर्च ७ करोड ७५ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको वित्त आम्दानी २ करोड ७० लाख र वित्त खर्च ५ करोड २४ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको रिजर्भ कोषको आकार ४.४१ प्रतिशतले घटेर १७ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ । कम्पनीको कुल चालु सम्पत्ति १ अर्ब ६ करोड रुपैयाँ र चालु दायित्व ३३ करोड ९४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ५.२३ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २०६.७३ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२७ गुणा कायम भएको छ ।