काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकको सेयर संरचना परिवर्तन भएको छ । बैंकमा अब संस्थापक समूहको सेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारण समूहको ४९ प्रतिशत कायम भएको छ ।
बैंकमा संस्थापक सेयरधनीहरुको नाममा रहेको सेयर संख्या २६ लाख ४६ हजार ९ सय कित्ता र सर्वसाधारण सेयरधनीको नाममा २५ लाख ४३ हजार १ सय कित्ता सेयर रहेको छ । संस्थापक र सर्वसाधारणको गरी नेप्सेमा बैंकको कुल सूचीकृत कित्ता ५१ लाख ९० हजार कित्ता रहेको छ ।
बैंकले सेयर संरचना परिवर्तनका लागि आवश्यक सम्पूर्ण प्रक्रिया पुरा गरी नेप्सेसमक्ष परिवर्तित धितोपत्रको संरचना अभिलेख गर्न अनुरोध गर्दै नेप्सेमा पत्र लेखेको थियो । नेप्सेले असोज ६ गतेको निर्णयानुसार परिवर्तित धितोपत्रको संरचना अभिलेख गरेको जनाएको छ ।