काठमाण्डौ । एभरेष्ट बैंक लिमिटेडको सेयरमूल्य समायोजन भएको छ । बैंकले प्रस्ताव गरेको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ ।
नेप्सेमा भएको समायोजनपश्चात बैंकको सेयरमूल्य प्रतिकित्ता ६३१.८२ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि बैंकको अन्तिम सेयरमूल्य प्रतिकित्ता ६९५ रुपैयाँ कायम थियो । आजदेखि यही मूल्यका आधारमा दोस्रो बजारमा बैंकको सेयर कारोबार हुनेछ ।
बैंकले गत आव २०८०/८१ का लागि १० प्रतिशत बोनस सेयर र ५.५३ प्रतिशत नगद लाभांश गरी कुल १५.५३ प्रतिशत लाभांशको प्रस्ताव गरेको छ । प्रस्तावित लाभांश बैंकको आगामी असोज २० गते आयोजना हुने ३० औं वार्षिक साधारण सभाबाट पारित गरी सेयरधनीलाई वितरण गरिनेछ।