शुक्रबार, जेष्ठ १,२०८३ 05:16:48
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 05:16:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अर्थतन्त्रमा हुँदैछ सुधार, यस्तो छ मन्त्रालयको रिपोर्टकार्ड

Laxmi Sunrise Bank Limited
अर्थतन्त्रमा हुँदैछ सुधार, यस्तो छ मन्त्रालयको रिपोर्टकार्ड
Shivam Cement

काठमाण्डौ । देशको अर्थतन्त्र सुधारोन्मुख देखिएको छ । अर्थमन्त्रालयले आज आर्थिक वर्ष २०८०/८१ को तथ्यांकमा आधारित रहेर सार्वजनिक गरेको प्रतिवेदनमा यस्तो देखिएको हो ।  

प्रतिवेदनमा मुद्रास्फीति लक्षित सीमा भित्र रहेको, व्यापार घाटामा सुधार आएको र समग्र अर्थतन्त्रमा सुधारका संकेतहरु देखिएको जनाइएको छ ।  

यस्ता छन् प्रतिवेदनका प्रमुख बुँदा :

–सन् २०२३ मा २.८ प्रतिशतले विस्तार भएको विश्व अर्थतन्त्र २०२४ मा ३.० प्रतिशतले विस्तार हुने प्रक्षेपण अन्तर्राष्ट्रिय मुद्रा कोषले गरेको छ। उदीयमान तथा विकासोन्मुख मुलुकहरुको अर्थतन्त्र सन् २०२३ मा ३.९ प्रतिशतले विस्तार भएकोमा सन् २०२४ मा ४.२ प्रतिशतले विस्तार हुने प्रक्षेपण रहेको छ ।

–आर्थिक वर्ष २०८०/८१ मा नेपालको आर्थिक वृद्धिदर ३.८७ प्रतिशत रहेको अनुमान छ । यस अवधिमा कृषि क्षेत्र ३.०५ प्रतिशत, उद्योग क्षेत्रको १.२५ प्रतिशत र सेवा क्षेत्र ४.५० प्रतिशतले विस्तार भएको अनुमान छ। वार्षिक औसत उपभोक्ता मुद्रास्फीति ५।४४ प्रतिशत अर्थात लक्षित सीमा भित्र नै रहेको छ ।

–राजस्व परिचालनमा सुधार भएको छ । फलस्वरुप, राजस्व परिचालन १०.६ प्रतिशतले बढेको छ । वित्तीय व्यवस्थातर्फको खर्चमा उल्लेख्य वृद्धि भएको छ । यद्यपि, चालु र पुँजीगत खर्चमा केही सङ्कुचन भएकोले संघीय सरकारी खर्च भने १.० प्रतिशले घटेको छ ।

Bizshala
New Office
CG Motors

–सरकारको सार्वजनिक ऋण रू.२४ खर्ब ३३ अर्ब पुगेको छ जुन कुल गार्हस्थ्य उत्पादनको ४२.७ प्रतिशत हो। आन्तरिक ऋण परिचालन कुल गार्हस्थ्य उत्पादनको ४.१ प्रतिशत रहेको छ ।

–वस्तुको पैठारीमा भएको सङ्कुचन, विप्रेषण आयमा भएको वृद्धि, पर्यटन आवागमनमा भएको उल्लेख्य वृद्धि लगायतको कारण चालु खाता हालसम्मकै रु। २ खर्ब २१ अर्ब ३४ करोडले उच्च बचतमा रहेको छ । शोधानान्तर स्थिति रु.५ खर्ब २ अर्ब ४९ करोडले उच्च बचतमा रहेको छ । वस्तु व्यापार घाटा १।० प्रतिशतले सुधार भएको छ ।

–२०८१ असार मसान्तमा विदेशी विनिमय सञ्चिति ३२.६ प्रतिशतले बढेर रु.२० खर्ब ४१ अर्ब पुगेको छ । उक्त सञ्चिति १३.० महिनाको वस्तु तथा सेवाको आयात धान्न पर्याप्त छ ।

–वैदेशिक रोजगारमा जान नयाँ श्रम स्वीकृति लिने नेपाली कामदारको संख्यामा केही कमी आएको भएपनि विप्रेषण आप्रवाह नेपाली रूपैयामा १६.५ प्रतिशत र अमेरिकी डलरमा १४.५ प्रतिशतले वृद्धि भएको छ । नेपाली रूपैयाँ अमेरिकी डलरसँग १.६४ प्रतिशतले अवमूल्यन भएको छ ।

Garima Development Bank
Shivam Cement
IME remit

–सजगतापूर्ण लचिलो मौद्रिक नीति अवलम्बन गरिएको कारण कर्जा र निक्षेपको व्याजदर घटेको छ । यससँगै, निजी क्षेत्र तर्फ प्रवाहित कर्जा क्रमशः बढ्दै गएको छ ।

–उत्पादनमूलक क्षेत्र र कृषि क्षेत्रतर्फ प्रवाहित कर्जा बढेको छ । वित्तीय पहुँचमा विस्तार भएको छ । मोबाईल बैंकिङ्ग सेवामा विस्तार भएको छ । २०८१ असार मसान्तमा कर्जा निक्षेप अनुपात ७९.०९ प्रतिशत रहेको छ । कुल गार्हस्थ्य उत्पादनको अनुपातमा विस्तृत मुद्राप्रदाय बढेको छ ।

–म्यादी, लघु म्यादी र वैदेशिक रोजगार बीमालेख सहित बीमाको दायरामा आएको जनसङ्ख्या ४३.३ प्रतिशत रहेको छ । बीमा प्रिमियम संकलन ८.३ प्रतिशतले बढेको छ ।

–२०८१ असार मसान्तमा नेप्से सूचकाङ्क २०९७.१ बिन्दु कायम भएको छ । थप कम्पनी दर्ता सङ्ख्या बढेको छ। विद्युतको उपभोग, उत्पादन र पहुँचमा वृद्धि भएको छ ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.