शनिबार, फाल्गुन १०,२०८१ 08:31:50
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:31:50
IME remit
Global IME Bank Limited

जीवन बीमा कम्पनीमाथि सरकारको अन्याय, खर्चको समेत कर तिर्नुपर्ने अनौठो व्यवस्था खारेजीको माग

Hyundai Nepal
जीवन बीमा कम्पनीमाथि सरकारको अन्याय, खर्चको समेत कर तिर्नुपर्ने अनौठो व्यवस्था खारेजीको माग
Nabil Bank Limited

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट जीवन बीमा व्यवसाय गर्न इजाजतपत्र प्राप्त गरी सञ्चालनमा आएका कम्पनीहरु जीवन बीमा कम्पनी हुन् ।  

जीवन बीमा सेवालाई प्रत्येक नेपालीको पहुँचमा पुर्याई देशभर छरिएर रहेको आर्थिक साधन र स्रोतलाई बीमाशुल्कका रुपमा संकलन गरी राष्ट्रिय गौरवका परियोजना निर्माण गर्न आवश्यक पूँजी जुटाई देशको समग्र अर्थतन्त्रलाई समेत टेवा दिंदै जीवन बीमाको माध्यममार्फत सर्वसाधारणको सुरक्षा र सामाजिक स्तर बढाउन अहम् भूमिका निर्वाह गर्ने उद्देश्यले कम्पनी ऐन २०६३ अन्तर्गत पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित कम्पनीहरु जीवन बीमा कम्पनी हुन् ।  

नेपाली नागरिकलाई जीवन बीमाको सेवा दिन स्थापना भएका यिनै कम्पनीहरुलाई सरकारले चर्को कर थोपर्दै आएको छ । सरकारले जीवन बीमकहरुलाई अन्यायपूर्ण ढंगले कर लगाएको बीमा कम्पनीका अधिकारीहरुले गुनासो गर्न थालेका छन् ।  

जीवन बीमा कम्पनीहरुले आयकर ऐन २०५८ बमोजिम आम्दानीको २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । साथै यसबाहेक जीवन बीमकहरुले आफ्ना बीमितहरुलाई भुक्तानी गर्ने बोनस रकममा समेत २५ प्रतिशत नै आयकर तिर्नुपर्ने व्यवस्थाले बीमकहरु दोहोरो, तेहेरो करको मारमा परेका छन् ।  

करको दोहोरो मारमा परेपछि बीमा कम्पनीका अधिकारीहरुले आयकर ऐनमा भएको विभेदकारी र अन्यायपूर्ण व्यवस्था परिमार्जन गर्न माग गरेका छन् । आयकर ऐनको व्यवस्थाअनुसार जीवन बीमा कम्पनीहरुले आम्दानीको २५ प्रतिशत र बीमितलाई दिइने बोनसको २५ प्रतिशत कर तिर्नुपर्ने व्यवस्था छ । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

यो सँगै लाभांशको कर व्यवस्थाबमोजिम समेत जीवन बीमा कम्पनीहरुले लाभांशमा ५ प्रतिशत लाभकर तिर्नुपर्छ ।  

बीमितहरुलाई भुक्तानी गर्ने बोनसमा लाग्ने २५ प्रतिशत आयकरको विषयमा बीमा कम्पनीका सीईओहरु सन्तुष्ट देखिएका छैनन् । बीमितलाई दिइने बोनस कम्पनीको आय नभई खर्चको रुपमा गणना गरिनुपर्ने सीइओहरुको मान्यता रहेको छ ।  

बीमितलाई दिने बोनस रकम बीमा कम्पनीको आम्दानीको रुपमा नभई जीवन बीमा कोषमार्फत भुक्तानी हुने भएकाले यसलाई खर्चको रुपमा गणना गरिनुपर्ने र आयकरमा जोड्न नहुने बीमा कम्पनीका अधिकारीहरुको भनाई छ ।  

सरकारले भने बीमा कम्पनीले बीमितलाई भुक्तानी गर्ने बोनस रकमलाई खर्चको रुपमा गणना नगरी आयकर तिराउँदै आएको छ । भारत, मलेसिया र क्याम्बोडिया जस्ता देशमा कर्पोरेट इन्कम ट्याक्सको तुलनामा लाइफ इन्स्योरेन्स ट्याक्स रेट एकदमै न्यून छ ।  

एक अर्ब भन्दा बढी जनसंख्या रहेको भारतमा स्ट्याण्डर्ड कर्पोरेट ट्याक्स रेट २५ प्रतिशत छ, भने लाइफ इन्स्योरेन्स ट्याक्स रेट जम्मा १२.५ प्रतिशत छ । तर नेपालमा यस्तो ट्याक्स रेट २५ प्रतिशत दरमा छन् । यसर्थ जीवन बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी गर्ने बोनसमा २५ प्रतिशत आयकर तिर्नुपर्दा करको चपेटामा परेको गुनासो गरेका हुन् ।  

आयकर ऐनमा लाइफ इन्स्योरेन्स ट्याक्स २५ प्रतिशत तिर्नुपर्ने व्यवस्था रहेकोमा जीवन बीमा कम्पनीका अधिकारीहरुले भने बीमितलाई दिइने बोनस रकमलाई खर्चको रुपमा गणना गर्ने भएकाले यो करको दर बढी भएको गुनासो गरेका छन् ।  

अन्य राष्ट्रमा लाइफ इन्स्योरेन्स ट्याक्स तिर्नुपर्ने व्यवस्था भए पनि स्ट्याण्डर्ड कर्पोरेट ट्याक्सको तुलनामा कम देखिन्छ । नेपालको सन्दर्भमा कर्पोरेट ट्याक्स र लाइफ इन्स्योरेन्स ट्याक्स रेट बराबर छ । जीवन बीमा कम्पनीहरुले लाइफ इन्स्योरेन्स ट्याक्स अन्तर्गत बीमितलाई भुक्तानी गर्ने बोनस रकममा २५ प्रतिशत आयकर तिर्दै आएका छन् ।  

जीवन बीमा कम्पनीले ग्राहकको जीवन बीमा गर्दा म्याचुरिटीपश्चात् बीमितबाट जम्मा गरिएको बीमाशुल्क रकम र त्यसबाट आर्जित बोनस रकम एकमुष्ट भुक्तानी गर्नुपर्दछ । साथै बीमा गरेपश्चात् बीचमै बीमितको मृत्यु भएको खण्डमा कम्पनीले सम्झौताअनुसारको रकम हकवालालाई भुक्तानी गर्नुपर्दछ ।  

कम्पनीले बीमित बाहकवालालाई भुक्तानी गर्ने बीमांक बराबरको रकममा बीमितले त्यसबाट आयकर तिनुपर्दैन, तर कम्पनीले अवधिबमोजिम दिने बोनस रकममा भने ५ प्रतिशत लाभकर तिर्नुपर्ने व्यवस्था छ ।  

बीमा कम्पनीहरुले बीमितलाई भुक्तानी गर्ने बोनस रकमलाई नेपालको आयकर ऐनबमोजिम खर्चको रुपमा गणना गरेको छैन । बीमा कम्पनीहरुले बीमितबाट संकलित बीमाशुल्क विभिन्न क्षेत्रमा लगानी गरेका हुन्छन् । त्यसबाट आउने प्रतिफल नै बीमा कम्पनीहरुको मुख्य आम्दानी हो । आम्दानीबाट कम्पनीले सञ्चालन खर्च वा व्यवस्थापन खर्च र बोनस खर्च शीर्षकमा रकम छुट्याएर मात्रै बाँकी हुने रकम खुद नाफामा गणना गरेका हुन्छन् ।  

कम्पनीहरुले त्रैमासिक रुपमा प्रकासन गर्ने वित्तीय विवरणमा पनि सञ्चालन खर्च, बोनस खर्च र कर कट्टी पछिको नाफालाई खुद नाफामा राखेका हुन्छन् । मानौं जीवन बीमा कम्पनीले एक आर्थिक वर्षभरी एक अर्ब रुपैयाँ आम्दानी गरेको छ भने त्यसमा ५० प्रतिशत अर्थात ५० करोड रुपैयाँ सञ्चालन खर्च र ३० प्रतिशत वा ३० करोड रुपैयाँ बोनस खर्च छुट्याएको छ भने २० करोड रुपैयाँ मात्रै बीमा कम्पनीको एक्चुअल प्रफिट हो ।  

त्यसै आम्दानीबाट कम्पनीले २५ प्रतिशत आयकर र छुट्टै बोनस रकमबाट २५ प्रतिशत आयकर तिर्नुपर्ने अवस्था छ । जबकि बीमा कम्पनीहरुले ब्यालेन्ससिटमै बोनस रकमलाई खर्चको रुपमा गणना गरेका हुन्छन् ।  

बीमितलाई दिइने बोनस रकमलाई खर्चको रुपमा गणना नगर्दा बीमा कम्पनीको नाफासँगै बीमितहरुले भुक्तानी गर्ने बीमाशुल्क समेत महँगो हुन सक्ने नेपाल लाइफ इन्स्योरेन्सका सीइओ प्रवीणरमण पराजुली बताउँछन् । आयकर ऐन २०५८ मा जीवन बीमा कम्पनीहरुले तिर्नुपर्ने लाइफ इन्स्योरेन्स ट्याक्स रेट परिमार्जन गर्नुपर्ने पराजुलीको तर्क छ ।  

‘करको विषयमा अन्तर्राष्ट्रिय रुपमा हेर्दा दुईवटा मान्यताबाट गएको देखिन्छ, तर नेपालको सन्दर्भमा जीवन बीमा कम्पनीहरुलाई बीमितलाई दिने बोनस रकम खर्चको रुपमा गणना गर्न नपाउँदा कम्पनीको सरप्लस पार्ट जुन जीवन बीमा कोषमा जान्छ त्यो घट्न गएर कम्पनीको लगानी र प्रतिफल दुबै घट्नसक्ने सम्भावना देखिन्छ’ उनले भने, ‘जीवन बीमा कम्पनी करको मारमा परेपछि यसले कम्पनीको लगानी र प्रतिफल प्रभावित भई बीमितलाई समेत प्रभाव पार्नसक्ने देखिन्छ ।’

आयकर ऐनमा आयलाई गणना गरेपनि खर्चलाई पनि खर्चकै रुपमा गणना गरिनुपर्ने पराजुलीको मान्यता छ । ‘आयकर ऐन २०५८ ले जीवन बीमा कम्पनीको खर्च रकमलाई समेत आयकरमै जोडेको छ, यसलाई खर्चको रुपमै गणना नगर्दा जीवन बीमा कम्पनीको ट्याक्स पर्सेन्ट बढेको छ’ उनले भने, ‘अन्तर्राष्ट्रिय मान्यताअनुसार आयलाई आयकै रुपमा र खर्चलाई खर्चकै मान्यता दिएर समयसापेक्षअनुसार आयकर ऐनलाई नै परिमार्जन गर्नुपर्ने देखिन्छ ।’

नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका सीइओ सुरेशप्रसाद खत्री पनि आम्दानी र खर्चको विवरणअनुसार नै करको प्रावधान लागू हुनुपर्ने बताउँछन् ।  

‘हालको अवस्थामा कम्पनीहरुको आयकर यसै पनि बृद्धि भएको छैन, त्यसैमाथि जीवन बीमा कम्पनीहरुले बीमितलाई दिने बोनस रकममा समेत आयकर तिनुपर्ने व्यवस्थाले जीवन बीमा कम्पनीहरु दोहोरो मारमा परेका छन्’ उनले भने, ‘आयकर ऐनबमोजिम लाइफ इन्स्योरेन्स ट्याक्स तिनुपर्ने व्यवस्था भएपनि यो रेट घटाउनु पर्दछ, नत्र यसले जीवन बीमा क्षेत्रमा नकारात्मक प्रभाव पार्न सक्ने सम्भावना देखिन्छ ।’

सिद्धान्तअनुसार बीमितलाई भुक्तानी गर्ने दाबी रकममा करको व्यवस्था भएपनि आयकर नीतिअनुसार बीमितलाई भुक्तानी गर्ने बोनस रकम भने खर्चकै रुपमा गणना हुनुपर्ने उनको मान्यता छ ।  

‘बीमा कम्पनीले आयकर नीतिअनुसार आम्दानी वा नाफाको २५ प्रतिशत आयकर तिरेका हुन्छन्, योसँगै बीमितलाई दाबी रकम वा बोनस रकम भुक्तानी गर्दा पनि २५ प्रतिशत आयकर तिर्नुपर्ने व्यवस्थाले जीवन बीमकको कर प्रतिशत बढ्दो देखिन्छ’ उनले भने, ‘यस्तो कर नीतिले जीवन बीमा कम्पनीहरुको लगानीसँगै प्रतिफल घट्नसक्ने सम्भावना बढी देखिन्छ र यसले पोलिसी होल्डर र सेयरधनीहरुलाई नै प्रभाव पार्न सक्छ ।’

यसैगरी, बीमाविज्ञ तथा पोखरा विश्वविद्यालयका उप–प्राध्यापक डा. रविन्द्र घिमिरे पनि जीवन बीमा कम्पनीहरुले पोलिसी होल्डरलाई भुक्तानी गर्ने बोनस रकममा आयकर नीति परिमार्जन गर्नुपर्ने तर्क राख्छन् ।  

‘जीवन बीमा कम्पनीहरुले आफ्ना बीमित तथा पोलिसी होल्डरलाई दिने बोनस रकम नाफाको रुपमा दिइएको हो या खर्चको शीर्षकमा दिइएको हो त्यो स्पष्ट हुन जरुरी छ’ उनले भने, ‘जीवन बीमा कम्पनीहरुले बीमितलाई म्याचुरिटीपश्चात् मात्रै आर्जित बोनस रकम भुक्तानी गर्ने हुनाले यसलाई खर्चको शीर्षकमा नै गणना गरेका हुन्छन् । आयकर ऐनमा पनि जीवन बीमा कम्पनीहरुको खर्च रकमलाई खर्चको रुपमा नै गणना हुनुपर्दछ ।’

जीवन बीमा कम्पनी पनि बैंक तथा वित्तीय संस्थासरह नै भएकाले बीमितहरुले बीमा कम्पनीमा बीमा शुल्कको आधारमा रकम जम्मा गरेका हुन्छन् । सोही रकम जीवन बीमा कम्पनीले विभिन्न क्षेत्रमा लगानी गरी आर्जित प्रतिफल रकम बीमितलाई नै बोनसको रुपमा वितरण गरेका हुन्छन् ।  

‘जीवन बीमा कम्पनीहरुले कुल आम्दानी रकमबाट बोनस खर्च रकम कटाएर मात्रै खुद नाफा विवरणमा देखाउँछन्, बीमितलाई दिइने बोनस रकम नाफाको शीर्षकबाट नभई खर्चको रुपमा वितरण गर्ने हुनाले यसलाई खर्चको रुपमा नै गणना गरिनुपर्ने देखिन्छ’ घिमिरेले भने, ‘यदि जीवन बीमा कम्पनीले बीमितबाट संकलित बीमाशुल्क रकम विभिन्न क्षेत्रमा लगानी गरी त्यसबाट प्राप्त प्रतिफल रकमलाई सञ्चालन खर्च मात्र छुट्याएर नाफामा देखाउथ्यो भने मात्र बोनस रकममा लाग्ने आयकरको विषय जायज हुन्थ्यो ।’

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.