काठमाण्डौ । चांगान नेपालले नेपाली क्रिकेटका परिचित व्यक्तित्व तथा पूर्व कप्तान पारस खड्कालाई दिपल इभीको आधिकारिक ब्रान्ड एम्बेसेडर घोषणा गरेको छ । काठमाण्डौको मेरियट होटेलमा आयोजित विशेष समारोहमा नेपाल क्रिकेट एसोसिएशनका सचिव समेत रहेका खड्कालाई दिपल ईभीको ब्रान्ड एम्बेसेडरमा नियुक्त गरिएकोहो ।
कार्यक्रममा क्रिकेटर पारस खड्काले दिपल ईभीसँग आबद्ध हुनपाउँदा हर्षित भएको बताए । ‘यति धेरै फिचरले भरिएको ईभी यति कम मूल्यमा छ, जुन यो सेग्मेन्टमै छैन,’उनले भने, ‘इनोभेसन र टेक्नोलोजीमार्फत् ईभी बजारमा आफ्नो उपस्थिति बलियो बनाउँदै गरेको दिपलसँग आबद्ध हुन पाउँदा खुसी छु ।’
त्यसैगरी, पारसलाई दिपल एस ०७ को साँचो हस्तान्तरण गर्दै एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारियाले आफ्नो पर्फर्मेन्स र एक्सिलेन्सप्रति प्रतिबद्ध व्यक्तित्वलाई दिपल ईभीको ब्रान्ड एम्बेसेडर बनाउन पाउँदा गर्व महसुस गरिरहेको बताए ।
केही महिना अघि सार्वजनिक भएको दिपल एस०७ आफ्नो उत्कृष्ट डिजाइन, अत्याधुनिक प्रविधि र अद्वितीय पर्फर्मेन्सका कारण लोकप्रिय बनेको छ । नेपालमा सार्वजनिक भएयता चांगानले पाँच सयभन्दा बढी युनिट एस ०७ डेलिभर गरिसकेको छ । यो फ्यचरिस्टिक ईभीमा जेस्चर कन्ट्रोल, अग्मेन्टेड रियालिटी हेडअप डिस्प्ले, सनफ्लावर टचस्क्रिन, इन्टेलिजेन्ट ड्राइभिंग मोड लगायत १५ भन्दा बढी फस्ट टाइम इन नेपाल फिचरले भरिएको छ ।