काठमाण्डौ । ग्रिन डेभलपमेन्ट बैंकको बोनस सेयर नेप्सेमा सूचीकृत भएको छ । आज बैंकको १ लाख ९७ हजार २२० कित्ता बोनस सेयर सूचीकृत भएको हो ।
बैंकल आव २०७८/७९ सम्मको मुनाफाबाट ३.८ प्रतिशत बोनस सेयर र ०.२० प्रतिशत नगद लाभांश गरी कुल ४ प्रतिशत लाभांश वितरण गरेको थियो । सोही बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो ।
अब आइतबारबाट बैंकको उक्त सेयर दोस्रो बजार कारोबारमा आउनेछ ।

                
                
                
                                
                
                                                    
                
                
                
                
                
                
                                    
                
                                        
                                        
                                        
                                        
                                        
                
                
                
                
                
                
                