काठमाण्डौ । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स र साहस उर्जाको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको १८.३८११ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७२.६३ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५९.५० रुपैयाँ कायम थियो ।
त्यस्तै साहस उर्जाको पनि ८ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४७९.१७ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५१७.५० रुपैयाँ कायम थियो । आइतबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।