बिहीबार, चैत्र २१,२०८१ 03:25:50
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:25:50
IME remit
Global IME Bank Limited

घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो

Hyundai Nepal
घट्यो नगद परिचालन, सरकारी कोष भने बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । एक महिनाको अवधिमा बजारमा नगद परिचालन ०.७३ प्रतिशतले घटेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको भदौ महिनाको मासिक विवरणमा यस्तो देखिएको हो ।  

विवरणअनुसार भदौ महिनासम्ममा बजारमा ६ खर्ब ६५ अर्ब ३३ करोड रुपैयाँबराबरको नगद परिचालन भएको छ । गत साउन महिनासम्ममा भने बजारमा ६ खर्ब ७० अर्ब २० करोड रुपैयाँबराबरको नगद परिचालन भएको थियो ।  

भदौ महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाहरुको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुगेको छ । जुन असार महिनाको तुलनामा १६.४३ प्रतिशतले बढी हो । साउन महिनासम्म केन्द्रीय बैंकमा बैंक तथा वित्तीय संस्थाको निक्षेप २ खर्ब ६७ अर्ब रुपैयाँ थियो ।  

Shivam Cement
Bizshala
CG Motors

यस्तै राष्ट्र बैंकमा सरकारको निक्षेप पनि बढेको छ । साउन महिनासम्म १ अर्ब ६६ अर्ब रुपैयाँ सरकारी निक्षेप रहेकोमा भदौसम्म बढेर २ खर्ब ६८ अर्ब पुगेको छ ।  

भदौ महिनासम्म राष्ट्र बैंकमा बैंक तथा वित्तीय संस्थाले ७ अर्ब २९ करोड रुपैयाँबराबरको विदेशी मुद्रा निक्षेप गरेका छन् ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भदौ महिनासम्ममा राष्ट्र बैंकको कुल स्वेदेशी मुद्रा सम्पत्ति ९४ अर्ब ६७ करोड रुपैयाँबराबर र कुल स्वदेशी दायित्व १४ खर्ब ८९ अर्ब रुपैयाँबराबर रहेको छ ।  

यस्तै कुल विदेशी मुद्रा सम्पत्ति २० खर्ब ४९ अर्ब र कुल विदेशी मुद्रा दायित्व ४७ अर्ब ४१ करोड रुपैयाँबराबर रहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.