काठमाण्डौ । माउन्टेन हाईड्रो नेपाल लिमिटेडले चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमाससम्ममा १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन अघिल्लो आवको सोहि अवधिको तुलनामा ८८.९७ प्रतिशतले कम हो । अघिल्लो आवको सोहि अवधिसम्म कम्पनी खुद नाफा १२ करोड ४ लाख रुपैयाँ थियो ।
कम्पनीको सञ्चालनामा रहेको तल्लो हेवाखोला जलविद्युत आयोजना बाढीले क्षतिग्रस्त हुँदा कम्पनीको नाफामा पहिरो गएको हो । कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी पनि २८.१२ प्रतिशतले संकुचित बनेको छ । कम्पनीले विद्युत बिक्रीमातर्फ २६ करोड २९ लाख रुपैयाँ आर्जन गरेको छ । कम्पनीको कर्मचारी खर्च ८६ लाख २५ हजार र प्रशासनिक खर्च ७ करोड ४८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको रिजर्भको आकार ४३ करोड ११ लाख रुपैयाँले ऋणात्मक छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १।०६ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ ६५.५० रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य ०.३४ प्रतिशत, मूल्य आम्दानी अनुपात २४४.८१ गुणा र तरलता अनुपात ०.५४ गुणा कायम भएको छ ।