काठमाण्डौ । प्रभु लाइफ इन्स्योरेन्स र गुराँस लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । यी दुवै कम्पनीले आफ्ना सेयरधनीहरुलाई प्रस्ताव गरेको बोनस सेयरका लागि नेप्सेले सेयरमूल्य समायोजन गरेको हो ।
प्रभु लाइफ इन्स्योरेन्सको १० प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ। समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ५५० रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता ६०५ रुपैयाँ कायम थियो ।
त्यस्तै गुराँस लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १५९१.९५ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १८१८.८० रुपैयाँ कायम थियो । आजदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।