बुधबार, भाद्र २५,२०८२ 10:30:50
  • बुधबार, भाद्र २५,२०८२ 10:30:50
Global IME Bank Limited

बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक

Hyundai Nepal
बजारमा पैसा धेरै भएपछि आज पनि ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौ । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापनका लागि आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । राष्ट्र बैंकले निक्षेप संकलन उपकरणमार्फत राष्ट्र बैंकले ७ दिनका लागि ५० अर्ब रकम झिक्न लागेको हो ।  

निक्षेपको तुलनामा कर्जा प्रवाह बढ्न नसक्दा पछिल्लो समय राष्ट्र बैंकले बैंकिङ प्रणालीबाट पैसा खिच्ने क्रम बढाएको छ ।  

Shivam Cement
Bizshala
Muktinath Bikas Bank Limited

अनलाइन बिडिङ सिस्टममार्फत आज दिउँसो ३ बजेबाट बोलकबोल गर्न सकिने बैंकले जनाएको छ ।  

इच्छुक आवेदकले घटीमा १० करोड रुपैयाँ र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्मका लागि आवेदन दिन सक्नेछन् । निक्षेप सङ्कलनको सावाँ ब्याज तथा ब्याज भुक्तानी आगामी असोज २३ गते हुनेछ । निक्षेप संकलनमा नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त क,ख र ग वर्गका बैंक तथा वित्तीय संस्थाले सहभागिता जनाउन सक्ने बैंकले जनाएको छ ।  

अन्तर बैंक दर ३ प्रतिशतभन्दा तल झरेपछि केन्द्रीय बैंकले बजारबाट पैसा झिक्न लागेको हो । राष्ट्र बैंकले अन्तर बैंक ब्याजदर ३ प्रतिशतभन्दा तल भएमा बजारबाट पैसा झिक्ने गर्छ भने ६।५ प्रतिशतभन्दा बढी भएपछि बजारमा पैसा पठाउने गर्छ ।  

IME remit
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.