बिहीबार, चैत्र २१,२०८१ 03:57:35
IME remit
  • बिहीबार, चैत्र २१,२०८१ 03:57:35
IME remit
Global IME Bank Limited

सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा

Hyundai Nepal
सेबोन अध्यक्षको अन्तरवार्ता दिन ३ जना अर्थ मन्त्रालयमा
Nabil Bank Limited

काठमाण्डौ । धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तर्वार्ता दिन ३ जना दाबेदार अर्थ मन्त्रालय पुगेका छन् । अन्तरवार्ता तथा व्यवसायिक प्रस्तुतीकरण दिने जानेमा कृष्णबहादुर कार्की, नवराज अधिकारी र चिरञ्जीवी चापागाईं रहेका छन् ।  

यसअघि दुईपटक अन्तर्वार्ता तथा व्यावसायिक कार्ययोजनाको प्रस्तुतिकरणमा अनुपस्थित रहेका ३ जनालाई पुनः सूचना निकालेर आज ८ बजे अर्थ मन्त्रालय बोलाइएको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिले बोर्ड अध्यक्षका लागि ५ जनाको नाम सिफारिस गरेको थियो । जसमध्ये सन्तोषनारायण श्रेष्ठ र बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ मात्रै अन्तवार्ताका लागि गएका थिए ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

कार्ययोजना प्रस्तुतिकरण र अन्तर्वार्ताका लागि २ जना मात्रै गएपछि धितोपत्र बोर्डको अध्यक्ष नियुक्ती गर्ने प्रयोजनका लागि गठित समितिको असार १४ गतेको निर्णयले अध्यक्ष नियुक्ति प्रक्रिया रद्द गरेको थियो ।  

तर, प्रक्रिया रद्द गर्न नमिल्ने दाबी गर्दै सन्तोषनारायण श्रेष्ठले सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतले सरकारलाई यो प्रक्रिया रद्द नगर्न र अहिलेको प्रक्रिया अनुसार नै बोर्डको अध्यक्ष नियुक्ति गर्न अन्तिरिम आदेश दिएको थियो । 

जसअनुरुप पुनः सूचना जारी गरेर ३ जनालाई अन्तरवार्ताका लागि डाकिएको हो । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.