काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा राखेको छ । संस्थाले एक सूचजा जारी गर्दै १६ हजार ४१० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संस्थाले आवेदन दिन सक्नेछन् । यस अघि गत असार ११ गते ३५ दिने सूचना जारी गरी विद्यमान संस्थापक सेयरधनीहरुका लागि उक्त सेयर बिक्रीमा राखिएको थियो । तर विद्यमान संस्थापकबाट खरिद बावेदन नपरेकाले सर्वसाधारणलाई बिक्री गर्न लागिएको संस्थाले जनाएको छ ।
सेयर खरिद गर्न ईच्छुक लगानीकर्ताले सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र आवश्यक कागजात प्रमाण संलग्न गरी सप्तरीमा रहेको संस्थाको केन्द्रीय कार्यालयमा आवेदन दिनु पर्नेछ ।
सेयरको मूल्य बिक्रेताले तोके बमोजिम हुनेछ ।