काठमाण्डौ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले आगामी कात्तिक २१ गते वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले १७ औं वार्षिक साधारण सभा डाकेको हो ।
उक्त सभा काठमाण्डौको नक्सालमा रहेको कम्पनीको रजिष्टर्ड कार्यालयमा बिहान ९ बजेदेखि सुरु हुनेछ ।
सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने कम्पनीको १७ औं वार्षिक प्रतिवेदन पारित गर्ने, कम्पनीको आव २०८०/८१ को संशोधित लेखापरीक्षण शुल्क अनुमोदन गर्ने तथा लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०/०८१ को वित्तीय अवस्थाको विवरण वासलात, नाफा नोक्सान विवरण, अन्य विस्तृत आम्दानीको विवरण र नगद प्रवाह विवरण लगायत वित्तीय विवरण पारित गर्ने, आव २०८१/८२ को लेखापरिक्षण कार्यको लागि बाहृय लेखापरीक्षक नियुक्ती गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सेयरधनीको तर्फबाट प्रतिनिधित्व हुने सञ्चालकमध्ये १ जना सञ्चालक र स्वतन्त्र सञ्चालक २ जना नियुक्त गर्ने प्रस्ताव पारित गरिनेछ ।