काठमाण्डौ । दसैं मनाउने सबैको आ–आफ्नो शैली हुन्छ । कोही बिदेश घुमेर मनाउँछन भने कोहाी स्वदेशमै रमाउँछन् । कोहिनूर सेक्यूरिटिज (स्टक ब्रोकर नम्बर ३५)का सञ्चालक भरत रानाभाट यसपालिको दसैं स्वदेशमा नै पारिवारसँग मनाइरहेका छन् ।
रानाभाट पोखराका बासिन्दा हुन् । प्रायः ठूला चाँडपर्व पोखरामै परिवारसँग मनाउँछन् । दसैंमा आफन्त तथा साथीभाईसँग भेटघाट गरेर मनाउने क्रम जारी रहेको उनले सुनाए ।
अघिल्लो वर्षको दशैंमा गोरखा र बन्दिपूरमा गएर मनाएको सम्झिँदै रानाभाटले यसपालि सपरिवार नै बाग्लुङ जाने योजना पनि सुनाए ।
स्वदेशकै विभिन्न गन्तव्यमा घुम्दै रमाइलो गर्दै दशैंमा रमाउने उनको योजना छ । रानाभाट मांसाहारी हुन् ।
यो दसैं समयको हिसाबले केही छोटो रहेको बताउँछन् । रानाभाटकाअनुसार काठमाण्डौ छोडेर पोखरा जाँदा यसै पनि रमाइलो हुन्छ ।
रानाभाटले सेयर बजारमा लाग्नेहरु सधैं तनावमा हुने हुँदा दशैंजस्ता पर्वका नाममा हुने विदा धरै उपयोगी र रिचार्जको एउटा राम्रो बाहाना पनि हुने सुनाउँछन् ।
उनले सबैलाइ दसैंको शुभकामना दिँदै फ्रेस भएर घुमघाम नै लाग्न लगानीकर्ताहरुलाई सुझाव दिन्छन । सेयर बजार बन्द हुँदा आफूलाई मानसिक रुपमा नै बन्द गर्नु पर्छ । उनले थपे ः बजार बढेको थियो भनेर बजार खोलेको भए भन्ने मानसिकता त्याग्नुपर्छ । पर्वको बेला बजारको तनाव नलिई खुशीसाथ रमाउनुपर्छ ।