काठमाण्डौ । नेपाल स्टक ब्रोकरहाउस (स्टक ब्रोकर नम्बर १४)का सञ्चालक इश्वरीप्रसाद रिमाल नेपाली पूँजीबजारका निकै पुराना व्यक्ति हुन् । उनको पूँजीबजारमा निकै लामो अनुभव रहेको छ । उनै रिमालको यसपालिको दसैं सदा झै काठमाण्डौमै रमाइलो भइरहेको छ ।
योपटक पनि सदा झै रिमालको दसैं पारिवारिक भेटघाट र काठमाण्डौमा नै घुमघाम गरेर बितिरहेको छ ।
पूँजीबजारको विषयमा रिमालले लगानीकर्ताहरुलाई सचेत भएर लगानी गर्न सुझाव दिन्छन् । उनको विचारमा दोस्रो बजारमा म्यानुपुलेसन पनि भइरहेको छ । ‘यसमा ब्रोकर, लगानीकर्ता तथा नियामक आ–आफ्नो ठाउँमा भागिदार हौला । तर अहिले केही कम्पनीसँग ब्रोकर र खेलाडीको नाम जोडिनु नियामकको कमजोरी हो ।’उनले भने ।
रिमालले सर्बसाधारण लगानीकर्ताहरुलाई राम्रोसँग अध्यान गरेर मात्रै सेयर बजारमा लगानी गर्न सुझाब दिन्छन । उनी भन्छन्–‘बरु ६ महिनापछि कमाउनुहोस् तर अरुको लहै लहैमा लागेर लगानी नगर्नुहोस । अरुको लहैलहैमा लाग्दा सेयर बजारमा निकै नोक्सान पनि हुनसक्छ । मैले केही मान्छे भेटेको पनि छु जसले केही खराब कम्पनीमा लगानी गर्दा रातभरि निदाउन पनि नसकेको सुनाएका छन् ।’
रिमालले ब्रोकर, लगानीकर्ता र आफ्ना इष्टमित्रलाई दसैंको शुभकामना दिंदै भन्छन्अ-'हिले नै बुल सकिएको छैन, बजार फेरि चलायमान हुन्छ । त्यही भएर सबै लगानीकर्ताहरुलाई ढुक्क भएर चाडपर्व मनाउन आग्रह गर्छु ।'