शुक्रबार, मंसिर ७,२०८१ 12:27:00
IME remit
  • शुक्रबार, मंसिर ७,२०८१ 12:27:00
IME remit
Global IME Bank Limited

बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !

Hyundai Nepal
बीस मिनेटमै पूरा घुम्न सकिने विश्वकै साना देश, तर सबैभन्दा धनी पनि उनीहरु नै !
Nabil Bank Limited

काठमाण्डौ । विश्वको ठूलो देश नै सबैभन्दा धनी हुन्छ भनेर सोचिरहनुभएको छ भने तपाई गलत हुनुहुन्छ । विश्वमा  केही यस्ता पनि देश छन्, जो क्षेत्रफलको हिसाबले एकदमै साना छन् र जिडीपीको हिसाबले निकै माथि र धनी । यति मात्र होइन, विश्वका केही साना देशहरु पर्यटन उद्योगका लागि चर्चित, उदाहरणीय र सफल पनि छन् ।  

भेटिकन सिटी

विश्वकै सबैभन्दा सानो देश भेटिकन सिटी हो । जसको क्षेत्रफल मात्र ०.४४ वर्गकिलोमिटर रहेको छ । यो देशको पूरा सीमा २ किलोमिटर मात्र छ । यो देशको एउटा कुनाबाट अर्को कुनामा पुग्नलाई तपाईंले मात्र २० मिनेट पैदल यात्रा गरे पुग्छ । तपाईंले सायदै सोच्नुभएको थियो होला कि विश्वमा यति सानो पनि देश हुन्छ भनेर । यो देशको कुल जनसंख्या ८ सय ४२ रहेको छ । यो देश टाइबर नदीको किनारामा अवस्थित भेटिकन पहाडमा रहेको छ । तर यहाँ कयौं शानदार महलहरु छन् । यहाँको इशाई धर्मको क्याथोलिक चर्च विश्वमै चर्चित छ । विशेष गरी सेन्ट पिटर बेसिलिको विश्वकै सबैभन्दा ठूलो चर्च पनि यही मौजूद छ । यो देशको प्रति व्यक्ति वार्षिक आय २१, १९८ डलर रहेको छ । 

Bizshala
Shivam Cement
CG Motors

मोनाको

मोनाको विश्वको दोश्रो सबैभन्दा सानो देश हो । यसको क्षेत्रफल मात्र २.०२ वर्गकिलोमिटर छ । यूरोपको यो सानो देश फ्रान्स र इटलीको बीचमा अवस्थित छ । यो देश न्यूयोर्कको सेन्टल पार्क भन्दा पनि सानो छ । यसको बाबजुद यो दश विश्वका उत्कृष्ट अर्थव्यवस्था भएका देशहरुको सूचिमा अग्रस्थानमा छ । त्यति मात्र होइन, यो देशमा हरेक वर्ष विश्वका सबैभन्दा धनी मानिसहरु घुम्न आउने गर्छन । यो देशको जनसंख्या करिब ४० हजार रहेको छ । यो देशको प्रति व्यक्ति वार्षिक आय १८८,४०९ डलर रहेको छ ।  

लिचटेन्स्टेन

यूरोपको यो देश अस्टिया र स्वीट्जरल्याण्डको बीचमा अवस्थित छ । यो देशको कुल क्षेत्रफल करिब १६० वर्ग किलोमिटर रहेको छ । जीडीपीको मामलामा विश्वकै धनी देशमा यो पनि सामेल छ । यहाँको कुल जनसंख्या ३७ हजार रहेको छ । यो देशको प्रति व्यक्ति वार्षिक आय १३४,६१७ डलर रहेको छ ।  

लक्जमबर्ग

लक्जमबर्ग जर्मनी र फ्रान्सको मध्य भागमा अवस्थित छ । यो देशको क्षेत्रफल २५८६ वर्ग किलोमिटर रहेको छ । यो देशको कुल जनसंख्या करिब ६ लाख रहेको छ । यो देशसँग गरीबी र बेरोजगारीको कुनै इतिहास नै छैन । यस अलावा यो देशमा कुनै भिखारी पनि छैनन् । यसैको कारण हो कि यहाँका मानिसको जिन्दगी निकै सुखदायी छ । यो देशको प्रति व्यक्ति आय १, ११, ००० डलर रहेको छ ।  

कतार

विश्वभरि नै तेलको आपूर्ति गर्ने खाडी मुलुकको रुपमा कतार परिचित छ । क्षेत्रफलको हिसाबले निकै सानो यो देशमा प्राकृतिक तेल र ग्याँसको निकै ठूलो भण्डार रहेको छ, यही कारण यहाँको अर्थव्यवस्था निकै मजबुत छ । यो सानो देश पनि विश्वका धनी देशको सूचिमा सामेल छ । कतारको जनसंख्या करिब २२ लाख हो । यहाँको प्रतिव्यक्ति आय जीडीपी १, ०४, ००० डलर रहेको छ ।  

नर्वे

विश्वकै सुन्दर देशमा सामेल नर्वे पनि एक सानो देश हो । यो देशको कुल क्षेत्रफल ३ लाख ८५ हजार २ सय ५१ वर्ग किलोमिटर रहेको छ । प्रदूषण फ्रि देशको रुपमा परिचित यहाँका मानिसको जीवन निकै सुखदायी छ । यो देशको कुल जनसंख्या ५० लाख रहेको छ । यो देशको प्रति व्यक्ति आय १,००,४०० डलर रहेको छ । यस अलावा नर्वे सुन्दर समुन्द्री किनारा, पहाड र सनसेटका कारण समेत विश्वमै प्रख्यात छ । 

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

मकाउ

मकाउन हङकङ नजिकै अवस्थित सानो मुलुक हो । चीनको प्रशासिनक क्षेत्रवाला यो देश लग्जरी टुरिजमका लागि विश्वमै प्रसिद्ध रहेको छ । यो देशको कुल क्षेत्रफल ३०.०५ वर्गकिलोमिटर रहेको छ । यहाँ पर्यटकहरु उच्च गुणस्तरको रात्रि जीवन, स्पा,क्यासिनो, लग्जरी रिसोर्टमा समय बिताएर आनन्द लुट्न आउँछन । यो देशको जनसंख्या करिब ६ लाख ५० हजार रहेको छ । यहाँको प्रति व्यक्ति वार्षिक आय ९१ हजार डलर रहेको छ । यो देशका अधिकांश नागरिक निकै धनी छन् ।  

स्वीट्जरल्याण्ड

स्वीट्जरल्याण्ड बरफले ढाकिएको एक सुन्दर पहाडी मुलुक हो । यो देश पनि विश्वकै धनी देशको सूचिमा सामेल छ । यो देशको कुल क्षेत्रफल ४१ हजार २ सय ८५ वर्गकिलोमिटर रहेको छ । यहाँको जनसंख्या करिब ८३ लाख रहेको छ । पर्यटनको हिसाबले समेत यो देश विश्वकै उत्कृष्ट गन्तव्यको सूचिमा सामेल छ । यहाँ मानिस गर्मी छलेर छुट्टी बिताउन आउने गर्छन । यो देशको प्रति व्यक्ति आय ८१ हजार डलर रहेको छ । यस अलावा यो देश विश्वकै उत्कृष्ट र मीठो चकलेट उत्पादनका लागि समेत प्रख्यात छ ।  

यूएई

विश्वका अधिकांश मानिसले यूनाइटेड अरब इमिरेट्सलाई त्यहाँको शाही शैली र भव्य जीवनशैलीको हिसाबले चिन्दछन । मरुभूमिले भरिएको यो देश आजको समयमा सबैभन्दा ठूलो ग्लोबल मार्केट बन्न सफल भएको छ । विशेष गरी इलेक्टोनिक्स, लग्जरी होलिडे, सुनबाट बनेका सामानका लागि समेत यो मुलुक प्रख्यात छ । यो देशको कुल जनसंख्या ९० लाख २० हजार रहेको छ । यसको क्षेत्रफल करिब २६ वर्गकिलोमिटर रहेको छ । यहाँको प्रति व्यक्ति आय ३६ हजार ६० डलर रहेको छ ।  

सानमारिनो

यो देश विश्वकै सानो देशमध्येमा एक हो । यो देश इटलीले घेरिएको छ । विश्वको प्राचीन देशमध्ये यो पनि एक हो । यो देशको कुल क्षेत्रफल ६१ वर्गकिलोमिटर हो । यहाँको कुल जनसंख्या ३० हजार रहेको छ । प्राकृतिक रुपमा सुन्दर यो देशमा प्रत्येक वर्ष करिब २० लाख पर्यटक आउने गर्र्छन । यो देशको प्रति व्यक्ति आय ५९ हजार डलर रहेको छ ।  

सिंगापुर

दक्षिण एशियाली देश सिंगापुर विश्वकै धनी र सफा देशमध्येको एक देशको रुपमा परिचित छ । यो देशको कुल क्षेत्रफल ८५ वर्ग किलोमिटर रहेको छ । यहाँको कुल जनसंख्या ५० लाख ५० हजार रहेको छ । यहाँको अर्थव्यवस्था मुख्य रुपमा लग्जरी टुरिजम र क्यासिनोमा  निर्भर छ । यो देशको प्रति व्यक्ति वार्षिक आय ५५ हजार डलर रहेको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.