बुधबार, चैत्र २०,२०८१ 12:43:53
IME remit
  • बुधबार, चैत्र २०,२०८१ 12:43:53
IME remit
Global IME Bank Limited

यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !

Hyundai Nepal
यस्तो अचम्मको ठाउँ, जहाँ आफ्नो पार्टनरलाई आइ लभ यू भनेको २१ करोड रुपैयाँ तिर्नुपर्छ !
Nabil Bank Limited

काठमाण्डौ । भनिन्छ सच्चा मायाको अगाडि पैसाको कुनै मूल्य हुँदैन । तर कतिपय मानिस आफ्नो साथीलाई इम्प्रेस गर्न अलग–अलग तरिकाबाट लाखौं रुपैयाँ खर्च गरिरहेका हुन्छन् । डेटिङमा गएर आफ्नो पार्टनरलाई ’आइ लभ यू’ भन्ने क्रममा समेत मानिस केही फरक गर्न चाहन्छ । तर आज हामी तपाईंलाई यस्तो ठाउँको बिषयमा बताउन गइरहेका छौ, जहाँ आइ लभ यू भन्नका लागि केही लाख होइन, पूरा २१ करोड रुपैयाँ खर्च गर्नुपर्ने हुन्छ । तपाईंलाई आश्चर्य लागिरहेको होला, यो ठाउँमा यस्तो खास के चाहि चिज छ भनेर, आउनुहोस् जानौं यो अचम्मको ठाउँको विशेषता बारे ।  

एकपटकको डेटिङको मूल्य २१ करोड रुपैयाँ !

फोब्र्स पत्रिकाका अनुसार सिंगापुरमा अवस्थित ‘सी ला वी’ नामको रेष्टुरेन्ट विश्वभरका डेटिङ रेष्टुरेन्टमध्ये सबैभन्दा महंगो हो । यहाँ आफ्नो पार्टनरलाई डेटिङमा ल्याउनका लागि २० लाख अमेरिकी डलर अर्थात करिब २१ करोड रुपैयाँ आवश्यक पर्छ । तपाईं आफ्नो पार्टनरको साथमा २१ करोड रुपैयाँले यहाँ आरामसँग ८ घण्टा रहन सक्नुहुन्छ ।  

Shivam Cement
Bizshala
CG Motors

यो रेष्टुरेन्टलाई सिंगापुरको सी ला वी तथा वल्र्ड अफ डायमण्ड ग्रुप(सीओडी)ले संयुक्त रुपमा बनाएका हुन् । विगत १५ वर्षदेखि यो रेष्टुरेन्टले विश्वभरिका प्रेमिल जोडीहरुलाई सेवा दिंदै आएको छ । यहाँ आएर कयौं जोडीहरुले आ–आफ्नो शैलीमा आफ्नो पार्टनरलाई आइ लभ यू भनेका छन् र करोडौं उडाएका छन् । यो रेष्टुरेन्टमा यस्ता केही विशेष विशेषता छन्, जसले तपाईंको प्रपोज डेलाई निकै विशेष बनाइदिन्छ । यहाँको माहौल निकै रोमान्टिक बनाइएको हुन्छ, ताकि तपाईं हरेक पललाई हृदयदेखि नै अनुभूत गर्न सक्नुहोस् ।  

आकाशको उचाईमा छ यो रेष्टुरेन्ट

सिंगापुरको यो रेष्टुरेन्टको खास विशेषता नै यो रहेको स्थान हो । यो रेष्टुरेन्ट जमीनबाट १ सय ५० फूटको उचाईमा बनाइएको छ । यहाँ बसेपछि तपाईलाई लाग्नेछ कि तपाई आकाशमा बसिरहनुभएको छ । यो रेष्टुरेन्टमा बस्दा तपाईको वरिपरि आकाश बाहेक केही पनि देखिन्न । अलग–अलग क्यूबिलमाथि मुटु आकारको छतले यो ठाउँको सुन्दरता अझ बढाइदिएको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

भिन्न तरिकाले प्रपोज गर्नुपर्ने

यो ठाउँ जति महंगो छ, सो अनुसार आफ्नो पार्टनरलाई प्रोपोज गर्ने शैली पनि फरक छ । यहाँ तपाई आफ्नो पार्टनरलाई बिल्कुल अलग ढंगले प्रपोज गर्न सक्नुहून्छ । यसका लागि तपाईंलाई एउटा प्लेटमा विशेष तरिकाले सजिएको आइसक्रिम उपलब्ध गराइन्छ । आइसक्रिम खानका लागि तपाईलाई सुनको चम्चा दिइन्छ । विशेष कुरा यो हुन्छ कि यो प्लेटमा आइसक्रिमको साथमा तपाईंलाई आफ्नो पार्टनरलाई लगाइदिन हिराको एक औंठी समेत उपलब्ध गराइन्छ । आइसक्रिम खाइसकेपछि तपाईं आफ्नो पार्टनरलाई आफ्नो मनभित्रको कुरा भन्न सक्नुहुन्छ वा प्रपोज गर्न सक्नुहुन्छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.