शुक्रबार, जेष्ठ १,२०८३ 03:55:16
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:55:16
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह

Laxmi Sunrise Bank Limited
अनलाइन माध्यमबाट हुने वित्तीय ठगीबाट बच्न राष्ट्र बैंकको यस्तो आग्रह
Shivam Cement

काठमाण्डौ । पछिल्लो समय अनलाइन माध्यमबाट हुने वित्तीय ठगीका घटना वृद्धि भईरहेका छन् । अपरिचित व्यक्ति वा नम्बरबाट बाट्सएप, म्यासेन्जर र भाइबर मोबाइल एप वा इमेल, फोन तथा मोबाइलको म्यासेजमार्फत ठगीने क्रम बढेको छ ।  

यस्ता माध्यममा विभिन्न किसिमका चिठ्ठा परेको, धन सम्पत्ति वा सुन, महङ्गो मोबाइलजस्ता पुरस्कार जितेको, विदेशबाट पार्सल आएको, पैसा पठाए दोब्बर फिर्ता पाइने, विदेशबाट एपमा पैसा आइसकेको, छोटो समयमै धेरै फाइदा हुने योजनाहरू जस्तै क्रिप्टोकरेन्सी, फरेक्स आदिमा लगानी गर्ने वा अनलाइन बेटिङजस्ता योजनाहरू उपलब्ध रहेको जस्ता सन्देशहरू तथा भिडियोहरू आउन गरेको छ ।  

Bizshala
New Office
CG Motors

यस्तोमा नेपाल राष्ट्र बैंकले वित्तीय सचेतनाका लागि सूचना जारी गरेको छ । राष्ट्र बैंकले यस्ता क्रियाकलापबाट सजग रहन आग्रह गरेको छ । यस्ता सन्देशहरू वित्तीय ठगीका लागि पठाइएका सन्देशहरू हुने सक्ने राष्ट्र बैंकले जनाएको छ । ‘यस्ता सन्देशहरूमार्फत वित्तीय ठगी तथा अपराधमा संलग्न व्यक्तिले तपाईंलाई आकर्षक प्रस्तावहरू दिँदै तपाईंको व्यक्तिगत र वित्तीय विवरण चोरी गर्ने र त्यस्ता विवरणको प्रयोगबाट तपाईंलाई आर्थिक हानि नोक्सानी पुग्न सक्छ । अतः अपरिचित स्रोतबाट आएका यस्ता कुनै पनि सन्देशलाई बेवास्ता गर्नु नै वुद्धिमानी हुन्छ,’केन्द्रीय बैंकले उल्लेख गरेको छ ।  

Garima Development Bank
Shivam Cement
IME remit

साथै, कहिलेकाहीँ परिचित व्यक्तिको म्यासेन्जर,वाट्सएपबाट समेत विभिन्न बनावटी प्रयोजन देखाइ केही रकम सापटीको रूपमा खाता वा मोबाइल वालेटमा पठाइदिनु भन्दै क्यूआर कोड समेत प्राप्त हुन सक्ने भएकाले त्यस्ता सन्देश सम्बन्धित व्यक्तिबाट नै आएको हो होइन यकिन गरेर मात्र रकम पठाउने निर्णय लिनुपर्ने राष्ट्र बैंकले जनाएको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X