सोमबार, असार २,२०८२ 12:36:33
  • सोमबार, असार २,२०८२ 12:36:33
Global IME Bank Limited

ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न

Hyundai Nepal
ज्योति क्यापिटल र नगरकोट रिसोर्टबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न
Nabil Bank Limited

काठमाण्डौ । ज्योति क्यापिटल लिमिटेड र नगरकोट रिसोर्ट लिमिटेडबीच संस्थागत परामर्श सेवा सम्बन्धी दुई पक्षिय सम्झौता सम्पन्न भएको छ । यी दुईबीच संस्थागत परामर्श सेवा सहित पूँजी संरचना परिवर्तन, प्राईभेट इक्विटीको व्यवस्था लगायतका कार्य गर्न आवश्यक परामर्श दिई भविष्यमा कम्पनीको प्रबन्धपत्रमा व्यवस्था भए बमोजिमको कार्य गर्र्ने सम्झौता भएको हो ।  

नगरकोट रिसोर्ट लिमिटेडको कार्यालय काभ्रेपलान्चोक जिल्ला, मण्डन देउपूर नगरपालिका, नगरकोटमा, आयोजित एक समारोहबीच ज्योति क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिकास ढकाल र नगरकोट रिसोर्ट लिमिटेडको तर्फबाट कम्पनीको सञ्चालक समितिका अध्यक्ष सुरेन्द्र राउत क्षेत्रीले संस्थागत परामर्श सेवा सम्वन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।  

CG Motors
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

उक्त समारोहमा नगरकोट रिसोर्ट लिमिटेडका सञ्चालक निरजबहादुर राउत क्षेत्री तथा वित्तीय परामर्शदाता सिए गोविन्द शर्मा गैरे समेतको उपस्थिति रहेको थियो ।

ज्योति विकास बैंकको सहायक कम्पनीको रुपमा रहेको ज्योति क्यापिटलको चुक्तापूँजी २१ करोड रहेको छ ।  

ज्योति क्यापिटल लिमिटेडले व्यवसायको आरम्भ देखि सम्पन्नता सम्म सेवा अन्तर्गत प्रा.लि. लाई पब्लिक कम्पनीमा परिणत गरी साधारण सेयर निष्काशन गर्न सक्ने सम्म बनाउने कार्य गर्न आवश्यक परामर्श सेवा सञ्चालन गरिरहेको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.