काठमाण्डौ । वात्सल्य नेचुरल आई भीएफ ले आफ्नो ब्राण्ड ऐम्बेस्डर को रुपमा अभिनेत्री प्रियंका कार्की अभिनेता आयुष्मान देशराज र उनीहरुकी सुपुत्री आयांकालाई संयुक्त रुपमा नियुक्त गरेको छ। वात्सल्यको नारायणचौर स्थित क्लिनिक मै भएको एक कार्यक्रममा दुवै पक्षले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन ।
सम्झौता बमोजिम प्रियंका कार्की, आयुष्मान देशराज र आयांकाले निःसन्तान सँग सम्बन्धित विषयमा जागरुकता फैलाउने र उपचारमा पहुँच बढाउने कार्यमा संलग्न रहने छन ।
वात्सल्य क्लिनिकका संस्थापक तथा प्रबन्ध निर्देशक प्रशान्त सुवेदीले ब्राण्ड एम्बेस्डरको रुपमा तीनै जनालाई संयुक्त रुपमा नियुक्त गर्न पाउँदा खुशी व्यक्त गर्दै निःसन्तान सम्बन्धि कुण्ठालाई नवनियुक्त ऐम्बेस्डरहरु मार्फत प्रभावकारी रुपमा जागरुकता फैलाउन सक्नेमा आशावादी रहेको बताए ।