मंगलवार, चैत्र १९,२०८१ 11:32:25
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:32:25
IME remit
Global IME Bank Limited

गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो, रिटेन्ड अर्निङ ४४ करोडले ऋणात्मक

Hyundai Nepal
गोर्खाज फाइनान्सको नाफा ६०.६४% ले घट्यो, रिटेन्ड अर्निङ ४४ करोडले ऋणात्मक
Nabil Bank Limited

काठमाण्डौ । गोर्खाज फाइनान्स लिमिटेडको खुद नाफा ६०.६४ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म २ करोड ४२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको पहिलो त्रैमासम्म कम्पनीले ६ करोड १६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।  

कम्पनीको खुद ब्याज आम्दानी पनि १२.९० प्रतिशतले घटेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ९ करोड ३७ लाख रुपैयाँ रहेको कम्पनीको खुद ब्याज आम्दानी ८ करोड १६ लाख रुपैयाँमा सीमित बनेको छ ।  

Shivam Cement
Bizshala
CG Motors

कम्पनीले १ करोड ८९ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । असोज मसान्तसम्म कम्पनीको खुद सञ्चालन आम्दानी १५ करोड ५१ लाख रुपैयाँबाट घटेर ९ करोड २० लाख रुपैयाँमा सीमित बनेको छ ।  

यस्तै कम्पनीको रिटेन्ड अर्निङ ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ । कम्पनीको रिजर्भको आकार पनि घटेको छ । अघिल्लो आवमा १ अर्ब १ करोड रुपैयाँ रहेको रिजर्भ घटेर ९९ अर्ब ३७ करोडमा खुम्चिएको छ ।  

कम्पनीको वितरणयोग्य मुनाफा ४४ करोड ७७ लाख रुपैयाँले ऋणात्मक रहेको छ ।  

पहिलो त्रैमाससम्म कम्पनीले ९ अर्ब ६४ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । साथै,यो अवधिसम्म कम्पनीले ६ अर्ब ४१ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)११.१९ रुपैयाँ,प्रतिसेयर नेटवर्थ १६४.९३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ३१२.६५ रुपैयाँ र तरलता अनुपात ३२.२६ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.