काठमाण्डौ । लाइफ इन्स्योरेन्स कर्पोरेशन(नेपाल) लिमिटेड र स्वावलम्बन लघुवित्तको सेयरमूल्य समायोजन भएको छ । लाइफ इन्स्योरेन्स कर्पोरेशनको हकप्रद र स्वावलम्बन लघुवित्तको बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
लाइफ इन्स्योरेन्स कर्पोरेशनले निष्कासन गर्ने १ः०.८८४५१६८ अनुपातको हकप्रदका लागि सेयरमूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार १०१.८५ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ९८८ रुपैयाँ कायम थियो ।
त्यस्तै स्वावलम्बन लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको छ । समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता ९४०.९२ रुपैयाँ कायम भएको छ ।
समायोजन अघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता १ हजार ७५ रुपैयाँ कायम थियो । आगामी कारोबारदेखि नयाँ समायोजित मूल्य अनुसार दुवै कम्पनीको सेयरमूल्य कारोबारमा आउनेछ ।