काठमाण्डौ । अन्तराष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको छ । पछिल्लो कारोबार सत्रमा कच्चा तेलको मूल्य २ प्रतिशतभन्दा बढीले बढेको छ । ब्रेन्ड क्रुडको मूल्य २.२५ प्रतिशत अर्थात १.६७ डलरले बढेर प्रतिब्यारेल ७६.०५ डलर पुगेको छ ।
यस्तै डब्लुटीआई क्रुडको मूल्य पनि २.२७ प्रतिशत अर्थात १.५९ डलरले बढेको छ । यो वृद्धिसँगै डब्लुटीआई क्रुडको मूल्य प्रतिब्यारेल ७१.७८ डलर कायम भएको छ ।
बढ्दो भू–राजनीतिक तनावका कारण पछिल्लो समय कच्चा तेलको मूल्य निरन्तर वृद्धि भईरहेको छ ।