सोमबार, फाल्गुन ४,२०८२ 10:14:00
Bizshala
  • सोमबार, फाल्गुन ४,२०८२ 10:14:00
Bizshala
Global IME Bank Limited

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि

शेर्पा एडभेञ्चर गियर नेपालले जित्यो एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि
Shivam Cement

काठमाण्डौ । शेर्पा एडभेन्चर गियर नेपालका टासी दोङ र दोर्जे होजाङ साङले शनिबार गोकर्ण गल्फ क्लबमा आयोजित एनसेल कर्पोरेट गल्फ प्रतियोगिताको उपाधि जित्न सफल भएका छन्।

यो जोडीले १० स्ट्रोक अन्डर पार ६२ को उल्लेखनीय स्कोरसहित उपाधि हात पारेको हो। विजेताले दुबईको चारवटा राउन्ड टिकट, कल अवेको आइरन सेट तथा ह्याम्पर्स प्राप्त गरेका छन्।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

यस्तै,मुस्ताङ ग्लफ क्लबबाट इन्द्रधरा विष्ट र माधव सिम्खडाले ९ होलमा सिक्स अन्डरपार ३० को स्कोरसहित दोस्रो स्थान बनाए।

उपविजेताले कल अवे एआई स्मोक ड्राइभर्स, आईप्याड र गिफ्ट ह्याम्पर पाएका छन्।लिओन मोटर्सका विजय श्रेष्ठ आइन हाउस र फुरसाङले तेस्रो स्थान बनाए भने उनीहरुले कल अवेको गल्फ ब्याग र ह्याम्पर्स प्राप्त गरे।

व्यक्तिगततर्फ विजय श्रेष्ठ आइन हाउसले लंगेस्ट ड्राइभतर्फ रेन्ज फाइन्डर र गिफ्ट ह्याम्पर प्राप्त गरेका छन्।यस्तै प्रविण शाही ठकुरीले क्लोजे स्टटु दि पिन अर्वाड सँगै रेन्जफाइन्डर र ह्याम्पर्स प्राप्त गरे।

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

विजेतालाई एनसेलका प्रमुख कार्यकारी अधिर्कत तथा प्रबन्ध निर्देशक जाब्बोर कायुमोभ तथा गोकर्ण गल्फ कोर्सका अध्यक्ष सुहृद घिमिरे र क्याप्टेन जोसेफनाथनले पुरस्कार हस्तान्तरण गरेका थिए।

एनसेलले प्रतियोगिताका लागि सङ्कलन गरेको प्रवेश शुल्कको रकमलाई म्याच गरेर दोब्बर बनाउने प्रतिबद्धता जनाएको छ।यो रकम एनसेल फाउन्डेसनमार्फत देशभरका विद्यार्थीहरूलाई एजुकेसनल किट उपलब्ध गराउन प्रयोग गरिनेछ।

 

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.