काठमाण्डौ । नबिल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । कात्तिक १३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षका लागि सेयरधनीहरुलाई लाभांश वितरणको प्रस्ताव गरेको हो ।
बैठकले गत आर्थिक वर्ष २०८०/८१ सम्मको सञ्चित मुनाफाबाट आफ्ना सेयरधनीलाई लाभांश दिने निर्णय गरेको छ ।
बैठकले गत आवका लागि सेयरधनीहरुलाई १० प्रतिशत नगद लाभांश(करसहित( प्रदान गर्ने निर्णय गरेको छ । प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपश्चात बैंकको आगामी साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।