सोमबार, पुष ८,२०८१ 01:00:04
IME remit
  • सोमबार, पुष ८,२०८१ 01:00:04
IME remit
Global IME Bank Limited

५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक

Hyundai Nepal
५ हजार भारु उधारो लिएर सुरु गरेका थिए कम्पनी, अहिले छन् ४३ हजार करोड बढीको मालिक
Nabil Bank Limited

काठमाण्डौ । ५ हजार रुपैयाँ सापटी लिएर कम्पनी सुरु गरेका एक ब्यक्ति अहिले ४३ हजार ७०० करोडको मालिक बनेका छन् । झट्ट सुन्दा अपत्यारिलो लाग्न सक्छ तर यो वास्तविक हो ।

छिमेकी राष्ट्र भारतमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले ५ हजार रुपैयाँबाट सुरु गरेको कम्पनीबाट अहिले ४३ हजार ७०० करोडको मालिक बन्न पुगेका छन् ।  

वारी नवीकरणीय टेक्नोलोजी कम्पनी अहिले भारतको सेयरबजारमा निकै चर्चामा रहेको कम्पनी हो । उक्त कम्पनीका अध्यक्ष दोशीले यो कम्पनीको सुरुवात गरेका हुन् । मुम्बईमा पढ्दै गर्दा उनी व्यापारको दुनियाँमा प्रवेश गरेका थिए ।  

Bizshala
Shivam Cement
CG Motors

सोलार प्यानल उत्पादन गर्ने कम्पनी वारी इनर्जीको आईपीओ गत सोमबार मात्रै सेयरबजारमा सूचिकृत भएको थियो । जसको आइपीओको समयदेखि नै धेरै चर्चा भएको थियो । उक्त कम्पनीको आइपीओ सेयरबजारमा सूचीकृतपश्चात् कम्पनीले आफ्ना लगानीकर्ताहरुलाई उच्च प्रतिफल दिएको छ ।  

कम्पनीको सेयर १५०३ रुपैयाँको प्राइस ब्याण्डबाट झण्डै ७० प्रतिशतले बढेर २५५० रुपैयाँमा सूचीकृत भएको थियो । सूचीकृतपश्चात दोस्रो दिन सो कम्पनीको सेयर ५ प्रतिशतले बढेर रु दुई हजार ४ सय ५४ पुगेको छ ।  

तर के तपाईलाई थाहा छ कडा प्रतिफल दिने यो कम्पनी कसरी सुरु भयो ?  

वास्तवमा वारी नवीकरणीय टेक्नोलोजी कम्पनीका अध्यक्ष हितेश चिमणलाल दोशीले यो कम्पनी सुरु गरेका थिए । मुम्बईमा पढ्दै गर्दा उनी व्यापारको दुनियाँमा प्रवेश गरेका थिए ।  

उनले सन् १९८५ मा आफन्तबाट रु ५ हजार ऋण लिएर व्यवसाय सुरु गरेका थिए । उनले ५ हजार रुपैयाँ ऋण लिएर चाप र तापक्रम नाप्ने व्यवसाय सुरु गरेका हुन् । तर, दोशीलाई पढाइ र व्यवसाय दुवै सम्हाल्न निकै गाह्रो भयो ।

पहिलो वर्षमै कम्पनीले गर्यो कमाल  

दोशीले मासिक १ हजार रुपैयाँ नाफाबाट कलेजको शुल्क र बस्ने खर्च तिर्ने गर्दथे । जब उनको ब्यापार बढ्यो उनले यसलाई कम्पनीको रुपमा दर्ता गर्ने विचार गरे ।  

सेप्टेम्बर १९८९ मा उनले आफ्नो उद्यम वारी इन्स्ट्रमेन्टको नाममा दर्ता गरे । पहिलो वर्ष उनको कम्पनीको कारोबार १२ हजार रुपैयाँ थियो । करिब ४० वर्षपछि उनको कम्पनी नवीकरणीय उर्जा क्षेत्रको सबैभन्दा ठूलो कम्पनी बनेको छ र यसको मार्केट क्याप ७१ हजार २४४ रुपैयाँ पुगिसकेको छ ।  

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Bizshala

बुबाको किराना पसल  

एक अन्तर्वार्तामा हितेशले आफ्नो जन्म महाराष्ट्रको बुलढाना जिल्लाको एउटा सानो गाउँमा भएको बताएका थिए । उनका बुबा किराना पसल चलाउँथे । गाउँमा बिजुली, फोन जस्ता सुविधाहरु सीमित मात्रै थिए । उनको गाउँमा ७ कक्षासम्म मात्रै पढाई हुन्थ्यो, जसका कारण उनी थप अध्ययनका लागि बाहिर जानुपर्ने बाध्यता पर्यो ।  

१२ कक्षा पूरा गरेपछि उनी मुम्बई गए र मुम्बई विश्वविद्यालयको चेन्नई कलेज अफ कमर्स एण्ड इकोनोमिक्सबाट डिग्री हासिल गरे । त्यसपछि उनले व्यवसायमा चासो देखाए र त्यसपछि आफ्नो परिवारको आर्थिक बोझ १९८५ मा ऋण लिएर तापक्रम नाप्ने व्यवसाय सुरु गरे । त्यसपछि उनले कुकर, पम्प, हिटर र लालटिन जस्ता विद्युतीय उपकरणहरुको व्यवसाय थालनी गरे ।  

गाउँको मन्दिरको नाममा कम्पनीको नामाकरण  

केही वर्ष व्यवसाय गरेपछि उनले आफ्नै सानो कम्पनी स्थापना गरे र गाउँकै मन्दिरको नामबाट कम्पनीको नाम वारी इनर्जी राखे । कम्पननी सुरु गरेसँगै उनले बैंकबाट डेढलाख रुपैयाँ ऋण लिएका थिए । विस्तारै व्यवसाय पनि बढ्दै गयो र सन् २००७ मा सौर्य उपकरण उत्पादन गर्न थाल्यो ।  

यो त्यहि समय थियो जब वारी उर्जा द्रुत गतिमा बढिरहेको थियो । पहिलो पटक सबैभन्दा ठूलो अर्डर अमेरिका र युरोपका ग्राहकहरुबाट आएको थियो । विस्तारै यो कम्पनी यस क्षेत्रमा अग्रणी बन्न पुगेको छ ।  

कति छ कुल सम्पत्ति ?  

गत सोमबार वारी इनर्जी कम्पनी सेयरबजारमा सूचीकृतपश्चात् दोशी र उनको परिवार विश्वकै धनीको वर्गमा पर्न सफल भएका छन् । ब्लुमवर्ग बिलियनर्स इन्डेक्सका अनुसार वारी इनर्जीको सेयर सूचीकृत भएपछि दोशी परिवारको कुल सम्पत्ति करिब ५ अर्ब डलर (५०० करोड रुपैयाँ)पुगेको छ ।  

५७ वर्षीय हितेश दोशी वारी इनर्जीका अध्यक्ष र एमडी हुन् भने उनका दुई दाजुभाई र भतिजा समूहका सञ्चालक हुन् । दोशी परिवार इन्जिनियरिङ शाखा वारी रिन्युएबल टेक्नोलोजी लिमिटेड र उर्जा भण्डारण कम्पनी वारी टेक्नोलोजीज लिमिटेडको सबैभन्दा ठूलो सेयर होल्डर पनि हो । दुबे पहिले नै सूचीकृत कम्पनीहरु हुन् ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.