मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:08:09
IME remit
Global IME Bank Limited

मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो

Hyundai Nepal
मिथिला लघुवित्तको खुद नाफा ३५.८०% ले वृद्धि, खुद ब्याज आम्दानी पनि ४२.४६% ले बढ्यो
Nabil Bank Limited

काठमाण्डौ । मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा र आम्दानी दुवै बढेको छ । संस्थाले चालु आव २०८१/८२ को पहिलो त्रैमाससम्ममा १ करोड १ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३५.८० प्रतिशतले धेरै हो ।  

अघिल्लो आवको पहिलो त्रैमाससम्म भने संस्थाले ७४ लाख ४४ हजार रुपैयाँ मात्रै खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि वृद्धि भएको छ । संस्थाले चालु आवको पहिलो त्रैमाससम्ममा ३ करोड ९३ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४२.४६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म संस्थाले २ करोड ७६ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको थियो ।  

Shivam Cement
Bizshala
CG Motors

समीक्षा अवधिसम्म संस्थाले १ करोड ८ लाख रुपैयाँबराबरको सञ्चालन मुनाफा आर्जन गरेको छ । संस्थाको कर्मचारी खर्च ६.२२ प्रतिशतले बढेर १ करोड ९० लाख र अन्य सञ्चालन खर्च पनि ६०.६२ प्रतिशतले बढेर ७० लाख १६ हजार रुपैयाँ पुगेको छ ।    

यस्तै संस्थाको रिजर्भको आकार २४.९३ प्रतिशतले बढेर १५ करोड २८ लाख रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म संस्थाको निक्षेप संलकन १ अर्ब ६ करोड र कर्जा प्रवाह २ अर्ब ७५ करोड रुपैयाँ रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

संस्थाको खराब कर्जा अनुपात बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.६९ प्रतिशत रहेको खराब कर्जा अनुपात बढेर ५.१८ प्रतिशत पुगेको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) २०.६३ रुपैयाँ,प्रतिसयर नेटवर्थ १७८ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १ हजार ६१० रुपैयाँ,मूल्य आम्दानी अनुपात ८०.४१ गुणा र तरलता अनुपात १०.३८ प्रतिशत रहेको छ । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.