मंगलवार, बैशाख ८,२०८३ 09:42:26
Bizshala
  • मंगलवार, बैशाख ८,२०८३ 09:42:26
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !

Bizshala
डिस्पोजेबल कपप्लेटको प्लान्ट लगाए मासिक एकलाख बढी नाफा !
Shivam Cement

काठमाण्डौ । आधुनिकीकरण र शहरीकरणसँगै नेपालमा समेत पछिल्लो समय डिस्पोजेबल कप, प्लेट, बटुका जस्ता उत्पादनहरुको माग लगातार बढिरहेको छ । यदि तपाई पनि कुनै नयाँ विजिनेश सुरु गर्न चाहनुहुन्छ भने तपाईले डिस्पोजेबल  क्याटरिङ प्रडक्ट बनाउने प्लान्ट लगाउन सक्नुहुन्छ । यो विजिनेश गर्न खर्च समेत खासै बढी हुँदैन । ४ देखि ५ लाखसम्मको सुरुवाती लगानीमा यो विजिनेश थाल्न सकिन्छ । सुरुवातमा तपाईलाई मासिक ८० हजारसम्म नाफा हुन्छ भने केही महिनापछि मासिक एकलाख बढी नाफा कमाउन सकिन्छ । आउनुहोस् यसको युनिट कतिमा सुरु गर्नसकिन्छ र यसलाई कसरी अगाडि बढाउन सकिन्छ भन्ने बिषयमा छलफल गरौं ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

कसरी कमाउने डेढलाख ?
उत्पादन सुरु गरेपछि तपाईले यसको मार्केटिङ समेत राम्रोसँग गर्नुपर्ने हुन्छ, ताकि हरेक संभावित बजारमा तपाईको प्रडक्टको राम्रो प्रचार प्रसार होस् । थर्मोकलको प्लेटलाई नै यदि एउटा नमूना मान्ने हो भने एककिलोग्राम कच्चा पदार्थबाट यस्ता ३०० प्लेट तयार हुन्छन् । एक किलोग्राम थर्मोकलको कच्चापदार्थ ३०० देखि ४०० रुपैयाँ प्रतिकेजीको हिसाबले खरीद गर्न सकिन्छ । जबकि यस्ता प्लेटको बिक्री ४०० देखि ५०० रुपैयाँ प्रति १०० प्लेटको दरले आरामले हुन्छ । यो हिसाबले कमसेकम तपाईले एक दिनमा यदि एकहजार प्लेट मात्र बनाउनुभयो भने पनि १ लाख देखि डेढलाख रुपैयाँ भन्दा माथिसम्म एकमहिनाको कमाई हुन्छ । यसमा खर्च निकालेर मुनाफा हेर्ने हो भने तपाईले महिनाको १ लाख रुपैयाँसम्म कमाउन सक्नुहुन्छ । माल तयार भएपछि जुन वेस्टेज(फोहोर) बच्छ, त्यसलाई समेत रिसाइक्लिङका लागि ५० प्रतिशत कम मूल्यमा बिक्री हुन्छ । 

CG Motors
Garima Development Bank
IME remit

यसरी बढाउन सकिन्छ बिजिनेश
थर्मोकलको अलावा पेपर कप वा बटुका बनाउने  मेसिन पनि ५ लाख रुपैयाँसम्म आउँछ । बजारमा कफी वा कोल्ड ड्रिङ्क्सका लागि यस्ता कप वा गिलासको प्रयोग गर्ने गरिन्छ । यस्तोमा यदि तपाईले रेष्टुरेन्ट होटल तथा कम्पनीहरुसँग सम्झौता गर्न सक्नुभयो भने तपाईले अझ बढी माल तयार गरेर सप्लाई गर्न सक्नुहुन्छ । यसरी तपाईले लामो समयसम्म र निश्चित कमाईको स्रोत समेत तयार गर्न सक्नुहुन्छ । 

सरकारबाट समेत सहयोग लिन सकिने
सरकारको युवा स्वरोजगारकोषले समेत यस्ता व्यवसाय संचालनका लागि सहयोग गर्न सक्छ । त्यसका लागि राम्रो प्रोजेक्ट पेपर बनाएर संभावित ठाउँहरुमा आवेदन दिन सकिन्छ । यस्तो अवस्थामा तपाईको लागतको ७० प्रतिशतसम्म सरकारले ऋणको रुपमा सहयोग समेत गरिदिनसक्छ । व्यवसाय राम्रो हुँदै गएको खण्डमा सरकारका विभिन्न स्किम मार्फत यस्ता प्लान्टहरुलाई अनुदान समेत पाउन सकिन्छ । 

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.