सोमबार, मंसिर ८,२०८२ 10:16:22
IME remit
  • सोमबार, मंसिर ८,२०८२ 10:16:22
IME remit
Global IME Bank Limited

धनात्मक बन्यो उपकार लघुवित्तको खुद नाफा, कुन–कुन सूचकमा भयो सुधार ?

Hyundai Nepal
धनात्मक बन्यो उपकार लघुवित्तको खुद नाफा, कुन–कुन सूचकमा भयो सुधार ?
Shivam Cement

काठमाण्डौ । उपकार लघुवित्त वित्तीय संस्था लिमिटेडको खुद नाफा धनात्मक बनेको छ । संस्थाले आज जारी गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार संस्थाको खुद ब्याज आम्दानी बढ्दा र खर्च कटौती हुँदा नाफा धनात्मक बन्न पुगेको हो ।  

समीक्षा अवधिसम्म संस्थाले २७ लाख ७९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने संस्थाले ३ करोड ३७ लाख रुपैयाँ खुद घाटा व्यहोरेको थियो ।  

संस्थाको ख्ुद ब्याज आम्दानी ४७.७८ प्रतिशतले बढेर २ करोड ५९ लाख रुपैयाँ पुगेको छ । संस्थाको अन्य सञ्चालन आम्दानी पनि २६ लाखबाट बढेर ४८ लाख ३५ हजार रुपैयाँ पुगेको छ ।  

CG Motors
New Office
Garima Development Bank

संस्थाको कर्मचारी खर्च २ करोड ७६ लाखबाट घटेर २ करोड २३ लाख र अन्य सञ्चालन खर्च ३९ लाख ५३ हजारबाट घटेर ३७ लाख ३७ हजार रुपैयाँमा सीमित बनेको छ । संस्थाले सम्भावित घाटाका लागि ६६ लाख रुपैयाँको व्यवस्था गरेको छ । जबकी संस्थाले अघिल्लो आवमा यसका लागि २ करोड ५७ लाख रुपैयाँको व्यवस्था गरेको थियो ।  

यो अवधिमा संस्थाको रिजर्भको आकार १० करोड ६१ लाख रुपैयाँबराबर रहेको छ ।  

Laxmi Sunrise Bank Limited
Muktinath Bikas Bank Limited

पहिलो त्र्रमाससम्म १ अर्ब २२ करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको संस्थाले २ अर्ब ४३ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । संस्थाको खराब कर्जा अनुपातमा उल्लेख्य कमी आएको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ४.८३ प्रतिशत रहेको खराब कर्जा अनुपात घटेर १.२५ प्रतिशतमा खुम्चिएको छ ।  

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी ४.१६ रुपैयाँ, प्रतिसेयर नेटवर्थ २३७.४३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ४८२.७७ रुपैयाँ, मूल्य आम्दानी अनुपात ७७३.८३ गुणा र तरलता अनुपात २०.५५ प्रतिशत कायम भएको छ । 

Global IME Bank Limited
Nabil Bank Limited
Mahalaxmi Development Bank
Mahalaxmi Development Bank
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.