मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
  • मंगलवार, चैत्र १९,२०८१ 11:29:51
IME remit
Global IME Bank Limited

सुधारको बाटोमा एनएमबी लघुवित्तको वित्तीय अवस्था, खुद नाफा र आम्दानीलगायतका सूचकमा सुधार

Hyundai Nepal
सुधारको बाटोमा एनएमबी लघुवित्तको वित्तीय अवस्था, खुद नाफा र आम्दानीलगायतका सूचकमा सुधार
Nabil Bank Limited

काठमाण्डौ । एनएमबी लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो वित्तीय अवस्थामा उल्लेख्य सुधार गरेको छ । कम्पनीले सार्वजनिक गरेको चालु आवको पहिलो त्रैमासको वित्तीय विवरणअनुसार कम्पनीले अधिकांश सूचकमा सुधार गरेको देखिएको हो ।  

कम्पनीले यो अवधिमा आम्दानी बढाएर घाटाबाट उम्कदै नाफा आर्जन गर्नुका साथै खराब कर्जा अनुपात पनि घटाएको छ । कम्पनीले यो अवधिमा ८ करोड ८ लाख रुपैयाँबराबरको खुद ब्याज आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा ४०.८६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्म कम्पनीले ५ करोड ७४ लाख रुपैयाँबराबरको.खुद ब्याज आम्दानी गरेको थियो ।

Shivam Cement
Bizshala
CG Motors

यो अवधिमा कम्पनीले ९९ लाख ७७ हजार रुपैयाँबराबरको शुल्क तथा कमिशन आम्दानी गरेको छ ।  

कम्पनीले सेयर प्रिमियम शीर्षकमा ७ करोड २९ लाख रुपैयाँ छ्ट्टाएको छ । रिटेन्ड अर्निङ ५ करोड ५० लाख रुपैयाँले ऋणात्मक रहेको कम्पनीको रिजर्भको आकार २० करोड २ लाख रुपैयाँ रहेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ग्राहकहरुबाट १ अर्ब ३० करोड रुपैयाँबराबरको निक्षेप संकलन गरेको छ । यस्तै कम्पनीले यो अवधिमा ५ अर्ब ४९ करोड रुपैयाँबराबरको कर्जा प्रवाह गरेको छ । 

यस्तै कम्पनीको वितरणयोग्य मुनाफा ४८ लाख ४ हजार रुपैयाँ रहेको छ । 

Laxmi Sunrise Bank Limited
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अघिल्लो आवमा ७.२७ प्रतिशत रहेको कम्पनीको खराब कर्जा अनुपात घटेर ६.३७ प्रतिशतमा सीमित बनेको छ ।  

समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) ३.९७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३०.२४ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ८०७.४९ रुपैयाँ र तरलता अनुपात १०.९७ प्रतिशत कायम भएको छ ।  

Nepal Investment Mega Bank Limited
Shivam Cement
New Office
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.