मंगलवार, फाल्गुन ५,२०८२ 09:55:27
Bizshala
  • मंगलवार, फाल्गुन ५,२०८२ 09:55:27
Bizshala
Global IME Bank Limited

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य

नेपाल बैंकर्स संघ एसएमई फाइनान्स फोरमको नयाँ सदस्य
Shivam Cement

काठमाण्डौ । नेपाल बैंकर्स संघ (एनबीए), विश्वव्यापी सदस्य नेटवर्क एसएमई फाइनान्स फोरमको नयाँ सदस्य बनेको छ । जी–२० र आईएफसी÷विश्व बैंकको समर्थन प्राप्त एसएमई फाइनान्स फोरम १९० देशहरूमा ३०० भन्दा बढी सदस्य÷सहयोगी संस्थाहरूको प्रमुख विश्वव्यापी नेटवर्क हो ।

यो नेटवर्कमा बैंकहरू, गैर–बैंक वित्तीय संस्थाहरू, फिन्टेक, भुक्तानी प्लेटफर्महरू, विकास संस्थाहरू, क्रेडिट ग्यारेन्टी कम्पनीहरू, बीमा प्रदायकहरू, लगानी कोषहरू, बैंकिङ र एसएमई एसोसिएसनहरू, शैक्षिक संस्थाहरू सामेल छन् । जसले एसएमई केन्द्रित वित्तीय सेवा र सुविधा प्रदान गर्छन् ।

Bizshala
New Office
Laxmi Sunrise Bank Limited

सो अवसरमा एसएमई फाइनान्स फोरमका प्रमुख कमर सलीमले  नेपाल बैंकर्स संघलार्ई एसएमई फाइनान्स फोरममा स्वागत गर्न पाउँदा खुसी लागेको बताउँदै नेपालको उदयमान बजारलाई थप एसएमई वित्तीय पहुँच प्रबद्र्धन गर्न यसले मद्दत पुर्याउने बताए ।  

IME remit
Bizshala
Muktinath Bikas Bank Limited

नेपाल बैंकर्स संघका अध्यक्ष सुनील केसीले विशेष गरी नेपालमा नियामक निकाय र बैंकहरू दुवै साना र मझौला उद्यमी (एसएमई) का लागि वित्तीय पहुँचमा सुधार ल्याउनमा सक्रिय रूपमा केन्द्रित भएको परिवेशमा प्रतिष्ठित एसएमई फाइनान्स फोरममा सामेल हुँदा नेपालको बैंकिङ क्षेत्रलाई विशेष रूपमा लाभ पुग्ने बताए ।  

Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.