काठमाण्डौ । सिंगटी हाईड्रोपावर कम्पनी लिमिटेडले गत आवको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनीले १४ करोड ९९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म भने कम्पनी ६ करोड ९२ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले विद्युत बिक्रीमार्फत ६८ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले विद्युत बिक्रीमार्फत ८ करोड ३० लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीको अन्य आम्दानी ६६ लाख ८४ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल बढेको छ । अघिल्लो आवको चौथो त्रैमाससम्म १४ करोड ७७ लाख रहेको कुल खर्च बढेर ५२ करोड ७२ लाख पुगेको छ ।
कम्पनीको सञ्चित नाफा २ करोड ५१ लाख रहेको छ । यस्तै कम्पनीले सेयर प्रिमियम शिर्षकमा २५ करोड ११ लाख रुपैयाँ छुट्टाएको छ । १६ करोड २२ लाख रुपैयाँ कुल चालु सम्पत्ति भएको कम्पनीको कुल चालु दायित्व १ करोड ६ लाख रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)५.१७ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १०९.५३ रुपैयाँ, तरलता अनुपात १५.२५ गुणा मूल्य आम्दानी अनुपात ५५.७५ गुणा र रिटर्न अन इक्विटी ४.७२ प्रतिशत रहेको छ ।