काठमाण्डौ । देशका दुईवटा ब्रोकर संघ एक आपसमा मर्जरमा जाने भएका छन्। स्टक ब्रोकर्स एसोसीएशन अफ नेपाल र धितोपत्र ब्रोकर्स एसोसीएशन नेपाल एक आपसमा मर्ज हुन लागेका हुन् ।
यी दुई संघबीच आज साँझ काठमाण्डौको नक्सालमा रहेको होलिडे इनमा मर्जरका लागि समझदारी पत्रमा हस्ताक्षर हुन लागेको हो । उक्त कार्यक्रम साझ ५.१५ मा सुरु हुने तय भएको छ ।
हाल स्टक ब्रोकर्स एसोसीएशन अफ नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर्स एसोसीएशनका अध्यक्ष सागर ढकाल रहेका छन् ।