काठमाण्डौ । ग्रीन डेभलपमेन्ट बैंकका नायब प्रमुख कार्यकारी प्रकाश गुरुङले बसन्त पञ्चमीको अवसरमा आफ्ना छोराछोरीलाई बीमा पोलिसी उपहार दिएका छन् ।
आर्थिक तथा वित्तीय अनुशासनमा राख्नका लागि गुरुङले छोरा सम्यम गुरुङ र छोरी समृद्धी गुरुङलाई हिमालयन लाइफ इन्स्योरेन्सबाट जीवन बीमा पोलिसी खरिद गरी उपहार दिएका हुन् ।
हिमालयन लाइफका एजेन्सी म्यानेजर रेशम गौतमले गुरुङकै कार्यकक्षमा गई उक्त पोलिसी हस्तान्तरण गरेका हुन् । भविष्यमा हुने आर्थिक जोखिम बहन साथै बचत गर्न समेत प्रोत्साहन गराउनका लागि बीमा पोलिसी उपहार दिएको गुरुङले बताए ।
‘बच्चाहरुलाई अन्य बस्तु उपहार दिएर क्षणिक खुशी दिनुभन्दा बीमा पोलिसी उपहार दिंदा उनीहरुको लाइफ सेक्युअर हुनुका साथै वित्तीय अनुशासन समेत कायम हुन जान्छ’ उनले भने ।