शनिबार, फाल्गुन १०,२०८१ 08:49:35
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 08:49:35
IME remit
Global IME Bank Limited

बीमकलाई लाभांश वितरणमा थप कडाई गर्दै प्राधिकरण, घोषणा गर्नुअघि यी व्यवस्था अनिवार्य लागू गर्नुपर्ने

Hyundai Nepal
बीमकलाई लाभांश वितरणमा थप कडाई गर्दै प्राधिकरण, घोषणा गर्नुअघि यी व्यवस्था अनिवार्य लागू गर्नुपर्ने
Nabil Bank Limited

काठमाण्डौ । नेप्सेमा सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्न सुरु गरेका छन् । सूचीकृत २६९ कम्पनीमध्ये हालसम्म ३० भन्दा बढी कम्पनीले लाभांश घोषणा गरिसकेका छन् ।  

सूचीकृत कम्पनीहरुमध्ये लगानीकर्तालाई नियमित लाभांश दिनेमा बीमा कम्पनीहरु पनि पर्दछन् । तर अन्य समूहका कम्पनीहरुको तुलनामा बीमा कम्पनीहरुको लाभांश घोषणा ढिला हुने गरेको पाइन्छ ।  

अझै निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमकहरुको लाभांश घोषणा झनै ढिला हुने गरेको छ । कारण जीवन बीमकहरुको बीमाङ्कीय मूल्यांकन प्रतिवेदन स्वीकृतमा ढिलाई हुने कारणले उक्त कम्पनीहरुको लाभांश घोषणामा ढिलाई हुने गर्दछ ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसनको प्रक्रिया नै ढिला हुने र एक्चुरीपश्चात् मात्रै कति लाभांश बाँड्ने वा नबाँड्ने टुुंगो लाग्ने भएकाले निर्जीवनको तुलनामा जीवन बीमकहरुको लाभांश घोषणा गर्न समय लाग्ने भएको हो ।  

साथै निर्जीवन बीमा कम्पनीहरुले भने जीवन बीमकहरुको तुलनामा चाँडै लाभांश घोषणा गर्ने गरेका छन् । निर्जीवन बीमकहरुले आर्थिक वर्षभरी आर्जन गरेको मुनाफाकै आधारमा आफ्ना लगानीकर्तालाई लाभांश घोषणा गर्न पाउँछन् तर कम्पनीहरुले समयमा नै नेपाल बीमा प्राधिकरणबाट वित्तीय विवरण भने स्वीकृत गराउनुपर्दछ ।  

बीमा कम्पनीहरुको वित्तीय विवरण पेश र स्वीकृत गराउने प्रक्रिया नै लामो हुने भएकाले लाभांश घोषणामा ढिलाई हुँदै आएको छ । केही जीवन बीमा कम्पनीहरुको एक्चुरी भ्यालुएसनको प्रक्रिया अड्किँदा लाभांश सम्बन्धी निर्णय गर्न एक वर्ष नै लाग्ने पनि देखिएको छ ।  

लाभांश वितरण ढिलाई त्यसमाथि नेपाल बीमा प्राधिकरणले बीमकहरुको लाभांश वितरणमा थप कडाई गर्ने भएको छ । बीमा कम्पनीको लाभांश वितरणमा कडाई गर्दै प्राधिकरणले लाभांश प्रस्ताव गर्नुअघि नयाँ मापदण्ड लागू गर्न निर्देशन दिएको छ । जसमा बीमकहरुले लाभांश घोषणा गर्नुअघि प्राधिकरणले तोकेको विभिन्न डकुमेन्टहरु प्राधिकरणमा अनिवार्य रुपमा पेश गर्नुपर्नेछ ।  

प्राधिकरणका अनुसार बीमकले वित्तीय विवरण सम्बन्धी निर्देशन, २०८० को निर्देशन १० बमोजिम लाभांश स्वीकृती माग गर्दाको समयमा नै विभिन्न कागजात तथा विवरण पेश गर्नुपर्नेछ ।  

जसमा बाह्य लेखापरीक्षकको लङ फर्म अडिट रिर्पोट, आर्थिक वर्षको चौथो त्रैमासिक अवधिको त्रैमासिक वित्तीय विवरण र वार्षिक वित्तीय विवरणको स्टेटमेन्ट अफ फाइनान्सियल पोजिसन अफ प्रफिट अर लस तथा स्टेटमेन्ट अफ अदर कम्प्रेन्सिभ इन्कम विवरणको प्रत्येक शिर्षकमा देखिएको रकमको भेरियन्स प्रतिवेदन अनिवार्य पेश गर्नुपर्नेछ ।  

यसका साथे उक्त भेरियन्स प्रतिवेदनको कुनै पनि शिर्षकमा १० प्रतिशत वा सो भन्दा बढी रकमले फरक भएमा सो सम्बन्धमा बीमा कम्पनीले मनासिव कारण खुलाउनुपर्ने प्राधिकरणले जनाएको छ ।  

यसबाहेक बीमा कम्पनीको लाभांश घोषणा सम्बन्धी व्यवस्थाअन्तर्गत वितरणयोग्य मुनाफाबाट लाभांश घोषणा गर्नुअघि अन्य कागजात वा निवेदनसमेत प्राधिकरणमा पेश गर्नुपर्नेछ ।  

जसमा बीमा ऐनको दफा १०१ बमोजिम बीमा कम्पनी समस्याग्रस्त घोषणा नभएको, दफा ४३ को उपदफा ९१०को अवस्था विद्यमान नरहेको, प्राधिकरणले बीमकको व्यवस्था आंशिक वा पूर्ण रुपमा रोक नलगाएको, ऐनको दफा ३६, ३८, ३९, ४०, ४१ र ४२ को व्यवस्था पूर्ण रुपमा पालना गरेको, व्यवस्थापन प्रमाणित गरिएको वित्तीय विवरण र बाह्य लेखापरीक्षकको प्रारम्भिक प्रतिवेदन र सो सम्बन्धमा बीमा कम्पनीको सञ्चालक समितिले पेश गरेको जवाफ प्राधिकरणमा पेश गर्नुपर्नेछ ।  

यसका साथै बीमकले पेश गरेको निवेदनको सम्बन्धमा छलफल गर्न आवश्यक परेमा प्राधिकरणले बीमा कम्पनीका सञ्चालक, कार्यकारी प्रमुख, कर्मचारी, लेखापरीक्षक वा सम्बन्धित कुनै व्यक्ति वा संस्थालाई बोलाउन सक्नेछ र त्यसरी बोलाएको बखत प्राधिकरणमा उपस्थित हुनु निजको कर्तव्य हुने प्राधिकरणले जनाएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.