सोमबार, मंसिर १०,२०८१ 02:59:39
IME remit
  • सोमबार, मंसिर १०,२०८१ 02:59:39
IME remit
Global IME Bank Limited

खुद बीमाशुल्कसँगै ३०% ले बढ्यो नेपाल लाइफको नाफा, ईपीएसमा पनि सुधार

Hyundai Nepal
खुद बीमाशुल्कसँगै ३०% ले बढ्यो नेपाल लाइफको नाफा, ईपीएसमा पनि सुधार
Nabil Bank Limited

काठमाण्डौ । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा २० करोड ५४ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोहि अवधिको तुलनामा ३०.०६ प्रतिशतले बढी हो । अघिल्लो आवको पहिलो त्रैमाससम्ममा कम्पनीले १५ करोड ७९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।    

कम्पनीको खुद बीमाशुल्क आर्जन पनि ९.१४ प्रतिशतले बढेको छ । पहिलो त्रैमाससम्म कम्पनीले ११ अर्ब ८१ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको छ । अघिल्लो आवमा भने कम्पनीले १० अर्ब ८२ करोड रुपैयाँबराबरको खुद बीमाशुल्क आर्जन गरेको थियो ।  

Bizshala
Shivam Cement
CG Motors

यस्तै, समिक्षा अवधिसम्म कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आय बापत ४ अर्ब ५६ करोड रुपैयाँ,अन्य प्रत्यक्ष आम्दानीबाट १० करोड १५ लाख,बीमितलाई प्रदान गरिएको कर्जाबाट १ अर्ब २६ करोड रुपैयाँ आम्दानी गरेको छ ।  

त्यस्तै समीक्षा अवधिमा कम्पनीले १५ अर्ब २५ करोड रुपैयाँ खुद दाबी भुक्तानी गरेको छ। जुन अघिल्लो आवको तुलनामा १३.१० प्रतिशतले धेरै हो । अघिल्लो वर्षको सोही अवधिसम्म कम्पनीले १३ अर्ब ४८ करोड रुपैयाँबराबरको दाबी भुक्तानी गरेको थियो।

कम्पनीले समीक्षा अवधिसम्म १६ अर्ब ५७ करोड रुपैयाँबराबरको कुल खर्च गरेको छ। अघिल्लो वर्ष कम्पनीको खर्च १४ अर्ब ६९ करोड रुपैयाँ थियो। कम्पनीको महाविपत्ती कोषको आकार १ अर्ब १८ करोड रुपैयाँबराबर रहेको छ । कम्पनीले रिटेन्ड अर्निङ कोषमा ७९ करोड १६ लाख रुपैयाँ सञ्चित गरेको छ ।  

Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Bizshala

कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस) पनि बढेको छ । अघिल्लो आवको पहिलो त्रैमाससम्म ७.७० रुपैयाँ रहेको ईपीएस बढेर १०.०१ रुपैयाँ पुगेको छ । समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर नेटवर्थ १३१.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २ हजार ७४८ रुपैयाँ र पीई अनुपात ८७.४१ गुणा कायम भएको छ ।

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.